अशोक दर्जीले गाए पहिलोपटक हिन्दि गीत, भिडियो ट्रेण्डिङ्गमा (भिडियो)

काठमाण्डौं । एक समय सामाजिक सञ्जालको माध्यमाबाट अत्यधिक भाइरल भएका अशोक दर्जीको स्वरमा हिन्दी गीत सार्वजनिक भएको छ । गरिब परिवारमा जन्मिएका उनी राम्रो गायनकलाका कारण भाइरल भएपछि आर्थिक सहयोग देखि घरसमेत निर्माण भएको थियो ।

त्यसपश्चात गायक तथा सङ्गीतकार टंक बुढाथोकीले उनको सम्पूर्ण जिम्मेवारी लिए । हालसम्म दर्जीको ‘मन बिनाको धन ठुलो कि’, ‘चौरीको चाम्रो छुर्पी’ लगायत हिट छन् ।

हालै सार्वजनिक ‘माँ’ बोलको हिन्दी गीतमा टंक बुढाथोकीको सङ्गीत रहेको छ भने गीतको शब्द समीर खानले लेखेका हुन् । भिडियोलाई शुक्रवार टंक बुढाथोकीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

अशोकको हिन्दि गीतमा यो पहिलो प्रयास हो । जसलाई धेरैले मनपराएका छन् । भिडियोमा डिआर सुजनको कथा र निर्देशन रहेको छ ।

भिडियोमा कन्चन सापकोटा, काजोल भुजेल, जोनिश अधिकारी, जुलन अधिकारी र अशोक निरौलाको अभिनय छ । ज्ञानेन्द्र शर्माको छायाँकन रहेको भिडियोको सम्पादन विकास ज्ञावलीले गरेका छन् ।

हामीले यो समाचार तयार गर्दै गर्दा भिडियो युट्युब नेपाल ट्रेण्डिङ्गको छैठौ स्थानमा रहेको छ भने करिब ८ लाख पटक हेरिएको छ । ७८ हजारले लाईक गरेको भिडियोमा ९ हजार बढिले सकारात्मक कमेन्ट गरेका छन् ।

भिडियो हेर्नुहोस्ः

सम्बन्धित समाचार

Leave a Comment