सामाजिक सञ्जालमा यस्तो देखियो नायिका र गायिकाहरुको यसपालीको तीज (फोटोफिचर)

काठमाडौं/ नेपाली अभिनेत्री र गायिकाहरूले महादेवको पूजा गरेर व्रत बस्दै हरितालिका तीज मनाएका छन्। कोरोना महामारीबीच अभिनेत्री र गायिकाहरुले घरमै बसेर तीज मनाएका हुन्।

अभिनेत्री स्वेता खड्काले व्रत बस्दै आफ्ना श्रीमान विजेन्द्र सिंह राउतसँग बिहेपछिको पहिलो तीज मनाएकी छिन्।

उनले श्रीमानसँगैको फोटो फेसबुकमा पोस्ट गर्दै सम्पूर्ण महिलाहरुलाई तीजको शुभकामना समेत दिएकी छिन्। फोटोमा उनले रातो सारी लगाएको देख्न सकिन्छ।

त्यसैगरी, अभिनेत्री करिश्मा मानन्धरले पनि रातो कुर्ता लगाएर फेसबुकमा तीजको अवसरमा फोटो सेयर गरेकी छिन्। निर्देशक तथा कलाकार दीपाश्री निरौलाले पनि परिवार र साथीहरुसँग समूहमा तीज मनाएकी छिन्।

अभिनेत्रीहरु आचल शर्मा, नम्रता सापकोटा, वर्षा शिवाकोटी, केकी अधिकारी र गायिका टिका प्रसाई र इन्दिरा जोशीले समेत रातो रंगको लुगा लगाएर तीजको शुभकामना दिँदै फेसबुक तथा इन्स्टाग्राममा फोटोहरु सेयर गरेका छन्।२.३.४.५.६.७.

सम्बन्धित समाचार

Leave a Comment