कृष्णाले मामाको नाम नलिई आफूलाई हिट बनाउन नसक्ने गोविन्दाकी पत्नी सुनिताको दाबी

एजेन्सी । बलिउड नायक गोविन्दाकी पत्नी सुनिताले जीवनभर कृष्णाको अनुहार नहेर्ने बताएकी छन् । भारतको कमेडी रियालिटी शो ‘द कपिल शर्मा शो’मा नायक गोविन्दा र उनकी पत्नी सुनिता आहुजा अतिथी हुने भएपछि कृष्णाले यो भाग छायांकन गर्न अस्विकार गरेको जनाइएको छ।

कृष्णा र गोविन्दाबीच ३ बर्षदेखि शितयुद्ध चलिरहेको कारण उनले मामा गोविन्दासंगै स्टेज शेयर गर्दा मिडियामा मसला हुने बताएका थिए ।

सुनिताले भारतीय मिडियासंगको कुराकानीको क्रममा कृष्णाले उक्त भागको छायांकन गर्न नमानेर जुन कुरा हाम्रो परिवारको बारेमा बोलेका छन्, ‘यसले मलाई निक्कै नै दुःखी बनाएको छ। गतवर्ष नै गोविन्दाले एक विज्ञप्ती जारी गर्दै घरको बिषयलाई सार्वजनिक रुपमा मसला नबनाउने बताएका थिए ।

कृष्णाले आफ्नो घरको विषयमा मिडियामा बोलेको भन्दै सुनिता रिसाएकी छन्। सुनिताले कृष्णालाई मामाको नाम नलिई आफूलाई हिट बन्न नसकिने बताइन् ।

यो पनी पढ्नुहोस्ः ऋतिक रोशनको आमाले दिइन इन्डियन आइडलका विजेता पवन दीपलाई सुनको रुद्राक्ष सिक्री र पैसा उपहार

काठमाण्डौं । इन्डियन आइडल सिजन १२ मा सबैभन्दा बढी चर्चा कमाउने जोडीमा पर्छ टाइटल विजेता पवनदीप राजन र फस्ट रनर अप अरुणिता कान्जीलाल । इन्डियन आइडलको विजेता भएपछि यी दुबै जोडीलाई सबैतिर बाट माया र आर्शिबादको ओइरो नै लागेको छ ।

यस पटक ‘इन्डियन आइडल–१२’ का विजेता पवनदीप राजन भए । गायिका अरुणिता कान्जीलाल पहिलो रनर–अप भइन्। इन्डियन आइडलको विजेता भएपछि यी दुई गायकका लागि अवसरका ढोकाहरु खुलेका छन्। उनीहरु थुप्रै सांगीतिक कार्यक्रममा सहभागी भइसकेका छन्।

यही क्रममा हालै पवनदीप र अरुणिताले बलिउड अभिनेता हृतिक रोशनका बुबा राकेश रोशन र आमा पिंकी रोशनलाई पनि भेट्ने मौका पाएका छन्।

‘राकेश र पिंकी रोशन हामीलाई देखेर भावुक हुनु भयो र हामी दुबैलाई अँगालो हाल्नु भयो,’ राकेश र पिंकीसँगको भेटबारे कुरागर्दै पवनदीप राजनले भने, ‘हामीले केही गीत पनि गायौं र उहाँहरुले हाम्रो उपस्थिति मन पराउनु भयो।’

टाइम्स अफ इन्डियाका अनुसार सो भेटमा हृतिककी आमा पिंकीले पवनदीपलाई सुनको रुद्राक्ष सिक्री र भगवान लक्ष्मीको चित्र भएको सुनको पैसा उपहार दिएकी थिइन्।

‘पिंकीजीलाई त्यो सुनको रुद्राक्ष सिक्री उहाँको बुबाले दिनुभएको रहेछ,’ पवनदीपले भने, ‘म आफैं एउटा रुद्राक्ष माला किन्न खोजिरहेको थिएँ र पिंकी जीले मलाई त्यही उपहार दिनु भयो।’

राकेश र पिंकी रोशन इन्डियन आइडलका विजेता पवनदीप र अरुनिताको ठूलो प्रशंसक थिए र उनीहरुलाई भेट्न चाहिरहेका थिए। भेटमा पवनदीप र अरुणिताले रोशन दम्पतिसँग तीन घण्टा बिताए। सो भेटमा पवनदीप र अरुणिताले हृतिक रोशनसँग भने लामो समय भेट्न पाएनन्।

‘हृतिकसँग हामीले एकैछिन मात्र भेट्न पायौं,’ पवनदीप भन्छन्, ‘उनले अरुणिता र मलाई शुभकामना दिए र जीवनमा मेहनत गरेर अझै अगाडि बढ्न सुझाव दिए।’

टाइम्स अफ इन्डियाका अनुसार अहिले पवनदिप र अरुणिता राज सुरानीको निर्देशनमा नयाँ गायन सिरिजको तयारी गर्दै छन्। उनीहरु विभिन्न समारोहमा सहभागी भई भिडियोमा पनि देखिने भएकोले गायनसँगै नृत्य गर्न सिकिरहेका छन्।

सम्बन्धित समाचार

Leave a Comment