इन्डियन क्रिकेट टीमको कप्तानी रोहित शर्मालाई दिने तयारी ?

एजेन्सी : इन्डियन क्रिकेटमा ठूलै परिवर्तन आउने लक्षण देखिएको छ । कप्तान विराट कोहली बाट वान डे र टी२० को कप्तानी खोसिन सक्ने खबर भारतीय सञ्चार माध्यम हरूले दिएका छन् ।

बीसीसीआईले फरक फरक फर्म्याटका लागि फरक फरक कप्तान राख्ने सोच बनाइरहेको छ । यस्तो गरिएमा रोहित शर्मालाई वान डे र टी२० को कप्तानी दिइनसक्छ भने कोहलीलाई टेस्ट टीमको मात्र कप्तान बनाइनेछ ।

अक्टोबर नोभेम्बरमा हुन लागेको टी२० विश्वकपपछि रोहित शर्मालाई कप्तान बनाइनसक्छ ।कोहलीले विगत केही महिनायता रोहित शर्मा र टीम व्यवस्थापनसँग यस विषयमा लामै कुराकानी गरेका छन् ।

अस्ट्रेलियामा विराट पेटरनिटी लीभका कारण भारत फर्किँदा भारतले टेस्ट शृंखलामा ऐतिहासिक विजय हासिल गरेको थियो । त्यतिखेर सामाजिक सञ्जालमा कोहलीको विकल्पका विषयमा व्यापक चर्चा भएको थियो ।

अहिले बीसीसीआईले पनि त्यसलाई गम्भीरतापूर्वक लिएको जस्तो देखिन्छ ।तीनैवटा फर्म्याटमा कप्तानी गर्दाको दबाबका कारण विराट कोहलीको ब्याटिङमा असर परेको देखिन्छ । उनलाई कप्तानीको बोझ हलुका गराउँदा ब्याटिङमा निखार आउने देखिन्छ ।

त्यसो त वानडेमा कोहलीको जीत प्रतिशत ७०.४३ छ भने टी२० मा ६७.४४ छ । तर ती प्रतिस्पर्धाहरूमा महेन्द्र सिंह धोनीको साथ उनले पाएका थिए ।

कप्तानीको बोझ नहुने हो भने कोहली कम्तीमा ५ वर्ष टप फर्ममा रहेर ब्याटिङ गर्न सक्छन् ।अनि पाँचपटक आईपीएल जितिसकेका रोहित शर्माको टी२० मा कप्तानीको रेकर्ड पनि कसैको भन्दा कम छैन । त्यसैले राष्ट्रिय टीमको कप्तानी उनलाई दिने उपयुक्त समय यही हो ।

सम्बन्धित समाचार

Leave a Comment