पुनः जीवित बनाउने उद्देश्यले प्रयोगशालामा राखिएका धनाढ्यहरूका श’व र मस्तिष्क चोरी !

काठमाडौँ। फेरि जी’वित बनाउने उद्देश्यले प्रयोगशालामा फ्रिज गरेर राखिएका धनाढ्यहरूका मृ’त शरीर र मस्तिष्कहरू चो’री भएका छन् । प्रयोगशालाका मालिककी पूर्व पत्नीले यी फ्रिज गरिएका मानव शरीरहरू चो’री गरेकी हुन् ।

रुसको मस्कोमा ५९ वर्षकी भलेरिया उदालोभा र उनको कम्पनीका स्टाफहरु मिलेर भलेरियाका पूर्वपतिको प्रयोगशालाबाट मानव शरीरहरु कब्जामा लिएका हुन् ।

यी श’व ती मृतकहरुका हुन् जसले आफ्नो मृ’त्युभन्दा पहिल्यै आफ्नो शरीर फ्रिज गरेर भण्डारण गरी सुरक्षित राख्नको लागि यो प्रयोगशालालाई ठूलो रकम दिएका थिए ।

उनीहरुले विज्ञानले मरिसकेका मानव शरीरलाई पुनः जीवित बनाउने प्रविधि विकास गरेपछि आफूहरुलाई पुनः जीवित बनाउनको लागि यो रकम दिएका थिए । यी मृतकहरुमध्ये केही बेलायती र अमेरिकीहरु पनि छन् ।

द सनको रिपोर्टअनुसार यी शरीरहरु भलेरियाका पूर्वपति ४१ वर्षका ड्यानिला मेद्भेदेवको मस्कोमा रहेको प्रयोगशालामा राखिएका थिए । रिपोर्टका अनुसार यो प्रयोगशाला रुसको प्रमुख क्र्यो–स्टोरेज स्थल हो ।

भलेरिया र उनका स्टाफहरुले फ्रोजन शरीरहरु राखिएका विशाल भाँडाहरुबाट तरल नाइट्रोजल पोखेर यिनीहरुलाई कब्जामा लिएका हुन् । केहीले प्रयोगशालामा राखिएका मानव मस्तिस्कहरु पनि कब्जामा लिएका थिए । त्यसपछि उनीहरुले यी सबैलाई ट्रकमा हालेर लिएर गए ।

मेद्भेदेवका अनुसार उनीहरुले यसरी ट्रक लिएर जान थालेपछि पुलिस बोलाइएको थियो तर पुलिसले भलेरियालाई पक्राउ गरेन । खासमा मेद्भेदेवले पहिलेदेखि नै क्रियोरस नामको कृत मानव शरीर फ्रिज गरेर सुरक्षित राख्ने कम्पनी चलाउँदै आएका छन् ।

अर्कोतर्फ यो कम्पनीकी पूर्व प्रमुख भलेरियाले अहिले ओपन क्रियोनिक्स नामको अर्को यस्तै किसिमको कम्पनी चलाउन थालेकी छिन् । अहिले यी दुवैले यी फ्रिज गरिएका मानव शरीरमाथि आफ्नो हक भएको दावी गरिरहेका छन् ।

यी दुईको सम्बन्धविच्छेदपछि यी फ्रिज गरिएका शवमाथि विवाद सुरु भएको हो । दुवैले यी शरीरमाथि आफ्नो दावी गरेपछि पुलिसले यस विषयमा थप जाँच गरिरहेको छ र दुवैलाई यी शरीरमाथि आफ्नो हक भएको प्रमाणित गर्न भनेको छ ।

अर्कोतर्फ भलेरियाले यसरी प्रयोगशालाबाट उठाउँदा ती शरीर र अन्य अंगहरु क्षतिग्रस्त भएको हुन सक्ने आशंका गरिएको छ । यसरी पूरै शरीर फ्रिज गरेर सुरक्षित राख्नको लागि करिब २६ हजार पाउण्ड (४२ लाख रुपैयाँ) र मस्तिस्क फ्रिज गरेर सुरक्षित राख्न ११ हजार पाउण्ड (१८ लाख रुपैयाँ) शुल्क तिर्नुपर्छ ।

मेदभेदेवको चोरी भएको प्रयोगशालामा करिब ८२ जनाको शरीर राखिएको थियो जसमध्ये २५ जना विदेशी थिए । यसरी सुरक्षित राखिएका मस्तिस्कलाई दशकौं वा शताब्दीपछि जीवित भएपछि अर्को शरीरमा राख्न सकिने दावी गरिन्छ । डिसी नेपाल बाट

सम्बन्धित समाचार

Leave a Comment