सिद्धार्थ शुक्ला जस्तै देखिने व्यक्ति सामाजिक संजालमा भाइरल ( भिडियो सहित )

मुम्बई /  बिग बोस १३ का विजेता र अभिनेता सिद्धार्थ शुक्लाको नि’धनले सबै लाई चोट पुऱ्याएको छ । सिद्धार्थको सेक्टेम्बर २ का दिन हृदय घातका कारण नि’धन भएको थियो ।

अहिले प्रशंसक हरु उन लाई सम्झदैँ उनको पुराना फोटो र भिडियो सामाजिक सन्जालमा शेयर गरिरहेका छन् ।सिद्धार्थको नि’धन पछि उनी जस्तै देखिने एक जना व्यक्तिको तस्वीर र भिडियो सामाजिक सन्जालमा भाइरल हुन थालेको छ ।

सिद्धार्थ जस्तै देखिने उक्त व्यक्तिको नाम चन्दन रहेको छ । चन्दन सिद्धार्थको फ्यान पनि हुन् ।चन्दनले आफ्ना हरेक भिडियोमा सिद्धार्थको स्टाइल र टशन पछ्याउछन् ।

सिद्धार्थको अडियोमा चन्दन लिपसिङ पनि गर्छन् ।चन्दनले सिद्धार्थ र शहनाज गिलका साथ विभिन्न तस्वीर र भिडियो पनि शेयर गरेका छन् ।उनले शेयर गरेको भिडियो भाइरल भए पछि प्रशंसकहरु इमोशनल भएका छन् । हेर्नुहोस भिडियो 

यो पनि पढ्नुहोस ! जब करीना कपूरले ‘सीता’को भूमिका निभाउन १२ करोड मागेपछी…

एजेन्सी । अभिनेत्री करीना कपूरले नयाँ फिल्मका लागि १२ करोड माग्नुको कारण महिलाप्रतिको सम्मानका लागि भएको बताएकी छन् ।उनले निर्देशक अलौकिक देसाईको आगामी फिल्म ‘सीता’ को भूमिकाका लागि उनले १२ करोड पारिश्रमिक मागेकी हुन् ।

उनले १२ करोड मागेपछि उनको निकै चर्चा भएको थियो ।रामायण’ को कथामा आधारित उक्त फिल्ममा उनले धेरै पारिश्रमिक मागेको भन्दै आलोचना हुन थालेपछि करीनाले यसको जवाफ दिएकी छन् ।

उनले भनिन्, ‘केही वर्ष अगाडिसम्म कुनै पनि फिल्मका लागि महिला वा पुरुष कलाकारका लागि समान पारिश्रमिक दिने विषयमा कुराकानी गर्दैनथेँ । पछिल्लो समय धेरै व्यक्तिहरुले यस विषयमा बेवास्ता गर्न थालेका छन् । यो पारिश्रमिक माग्नुभन्दा पनि महिलाहरुप्रति सम्मानको विषय हो ।’

रिपोर्टका अनुसार करीनाले यस पौराणिक कथाका लागि ‘सीता’ को भूमिका निभाउन ८ देखि १० महिनाको तालिम लिने छिन् । यो फिल्म करीनाका लागि करियरकै सबैभन्दा ठूलो फिल्म हुनेछ ।सीता’ को भूमिका करीनाले निभाउने भएपछि धर्मका विषयलाई पनि जोडेर विरोध गरिएको थियो ।

सम्बन्धित समाचार

Leave a Comment