जापानमा १०० वर्ष उमेर कट्नेको संख्या ८६ हजार भन्दा बढी

भदौ ३०, टोकियो (जापान) । जापानमा १०० वर्ष वा सोभन्दा बढी उमेरको मानिसहरुको संख्या ८६ हजार ५०० को नयाँ उचाइमा पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले मंगलवार सार्वजनिक गरेको तथ्यांक अनुसार सेप्टेम्बर १५ सम्ममा देशभर सो उमेर समूहका ८६ हजार ५१० जना रहेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ६ हजार ६० धेरै हो ।

योसँगै १०० वर्ष कट्नेको संख्या लगातार ५१ औं वर्ष पनि बढेको छ । कुल जनसंख्यामध्ये ८८ दशमलव ४ प्रतिशत अर्थात् ७६ हजार ४५० जना महिला छन् । । कुल मध्ये पुरुषको संख्या १० हजार ६० मात्रै रहेको छ ।

सो उमेर समूहका पुरुष जनसंख्या भने समीक्षा अवधिमा पहिलो पटक १० हजारमाथि आएको छ । सन् १९६३ मा जापानले यस सम्बन्धी तथ्यांक राख्न शुरु गरेको थियो ।

त्यति बेला १०० वर्ष वा सोभन्दा बढी उमेरको जनसंख्या १५३ मात्रै थियो । सन् १९८१ मा यो संख्या पहिलो पटक १ हजार नाघ्यो । यो जनसंख्या १० हजारको स्तर नाघ्न अर्को १७ वर्ष लाग्यो ।एजेन्सी

सम्बन्धित समाचार

Leave a Comment