मामा सँगको विवादबारे बोले कृष्णा, यो झगडाले म थाकिसकेको छु…

एजेन्सी । अभिनेता गोबिन्दा र उनका भाञ्जा हास्यकलाकार कृष्णा अभिषेकबीच चलिरहेको विवाद जगजाहिर छ । उनीहरुबीच विगत लामो समयदेखि तँ–तँ, म–म चलिरहेको छ ।

हालै एक अन्तरवार्तामा गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा र उनको परिवारका लागि आफ्नो रोष व्यक्त गरेकी थिइन् । सुनिताले उनी कृष्णाको अनुहारसमेत हेर्न नचाहेको बताएकी थिइन् । अब कृष्णा अभिषेकले यो झगडामाथि प्रतिक्रिया जताएका छन् ।

कृष्णाले के भने ?
स्पटबोयको कुराकानीमा कृष्णाले भने, ‘मलाई राम्रोसँग थाहा छ कि मेरी माइजुले मविरुद्ध धेरैकुरा बोल्नुभएको छ । हो, म साँच्चै उदास थिएँ । तर मलाई लाग्छ कि उनी मसँग असाध्यै रिसाएकी छिन् किनभने मलाई असाध्यै माया गर्छिन् ।

‘म उसको अनुहार पनि हेर्न चाहन्नँ’ यस्तो भन्नुले यो देखाउँछ कि उनलाई पीडा भएको छ । र तपाईं त्यहि व्यक्तिसँग रिसाउनुहुन्छ जसलाई तपाईं माया गर्नुहुन्छ ।’

कृष्णाले थपे, ‘मलाई थाहा छ कि उनले मलाई असाध्यै माया गर्नुहुन्छ । नभए यत्ति रिस किन ? यो शब्द आमा–बुवाले बच्चासँग रिसाएका बेला मात्रै बोल्न सक्छन् ।

म मामा र माइजुलाई असाध्यै माया गर्छु । उहाँहरुले मलाई माफी दिए हुन्थ्यो भन्ने मेरो अत्यधिक चाहना छ । मैले यसका लागि अत्यधिक कोसिस पनि गरिसकेको छु ।

तर उनीहरुले मेरो माफी स्वीकार गरिरहनुभएको छैन र त्यसैमा समस्या छ । जब म उनीहरुको बच्चा जस्तै हुँ भने मलाई माफी दिन किन तयार छैनन् ।

यत्तिका अन्तरवार्तामा मैले थुप्रै पटक भनिसकेको छु कि हामी हाम्रो समस्या सुल्झाउनेछौं । तर हामीबीच अहिले पनि स्थिति सामान्य छैन ।’

कृष्णाले भने, ‘म मामा र माइजुलाई असाध्यै माया गर्छु । उनीहरु रिसाउँदा म दुःखी हुन्छु । म भित्रैदेखि दुःखी छु । म यो दुश्मनीसँग थाकिसकेको छु । उनीहरु मेरो आमा–बुवा सरह हुन् ।’ -रातोपाटी बाट

सम्बन्धित समाचार

Leave a Comment