‘म राजा हुन आएको’ भन्दै एक युवकले नारायणहिटी संग्रहालयबाट श्रीपेच निकाल्न खोजेपछि…..

८ असोज २०७८, शुक्रवार, काठमाडौं/ एक युवकले नारायणहिटी दरबार संङ्ग्रहालयमा राखिएको श्रीपेच निकाल्न खोजेका छन्। शुक्रबार बिहान अवलोकनका लागि पुगेका पश्चिम रुकुम मसिकोट- ११ का २५ वर्षीय खिमबहादुर घर्तीले सिसा फुटाएर श्रीपेच निकाल्न खोजेपछि नेपाली सेनाले उनलाई नियन्त्रणमा लिएको छ।

सिसा फुटाउँदा उनको हातसमेत काटिएको छ । उनलाई अहिले सेनाले नियन्त्रणमा राखेको छ । ‘म राजा हुन आएको’ भन्दै ती युवकले श्रीपेच निकाल्न खोजेको महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रमुख रामेश्वर पौडेलले बताए ।

पौडेलले पक्राउ परेका घर्तीको मानसिक स्वास्थ्य अवस्थाबारे पनि बुझ्ने काम भइरहेको बताए । घर्तीलाई महानगरीय प्रहरी वृत्त दरमार्गमा राखिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

Leave a Comment