आमाले प्रेमिका लाई बुहारी बनाउन नचाहेपछि तनावमा क्रिस्टियानो रोनाल्डो ?

कमाठमाडौं –  यसै वर्ष युभेन्टस बाट म्यान्चेस्ट युनाइटेड आएका क्रिस्टियानो रोनाल्डोले बुधबारको खेलमा क्लबका लागि महत्वपूर्ण गोल गरे। उनले इन्जुरी समयमा गरेको गोल सँगै युनाइटेडले भिल्लारियल लाई २-१ गोल अन्तरले हराउन सफल भयो ।

यसैबीच रोनाल्डोले प्रेमिका जर्जिना रोद्रिगेज सँग विवाह गर्लान् कि नगर्लान् भनेर कौतुहलता बढेको छ । जर्जिना स्पेनिश मोडेल हुन् । हालै उनलाई रोनाल्डोसँग विहे गर्ने योजना बनाउनु भएको छ ?

भनेर सोधिएको थियो ।होस् भन्ने चाहन्छु तर यो कुरा ममाथि मात्रै मात्रै भर पर्दैनु, जर्जिनाले हाँस्दै प्रश्नको उत्तर दिएकी थिइन् । यता रोनाल्डोले अहिलेसम्म विवाहको प्रस्ताव गरेका छैनन् ।

विवाह नभए तापनि दुबैजना म्यान्चेस्टरमा चार सन्तानसँगै खुसीसाथ बसिरहेका छन् ।रोनाल्डोका चार सन्तान छन् । जर्जिना छोरी एनालाकी आमा हुन् ।

क्रिस्टियानो जुनियर उनका जेठा छोरा हुन् । २०१० मा जन्मिएका जुनियरकी आमाको नाम भने रोनाल्डोले अहिलेसम्म गोप्य नै राखेका छन् । त्यस्तै उनले सरोगेसीमार्फत् जुम्ल्याहा छोरी इभा र छोरा म्याटियो समेत जन्माएका छन् ।

रिपोर्ट अनुसार जर्जिनाले रोनाल्डोको विवाह प्रस्ताव पर्खेर बसेकी छन् । तर रोनाल्डोको परिवार तगारोको रुपमा देखिएको बताइन्छ । विशेषगरी आमा मारिया डोलोरेसले आफ्नो छोराले जर्जिनासँग विवाह नगरोस् भन्ने चाहेकी छन् ।

मोडेल जर्जिनाले आफ्नो छोरोको सम्पत्ति देखेर विवाह गर्न चाहेको मारियाको बुझाइ रहेको रोनाल्डो निकट स्रोतले जनाएको छ ।मारियाले हालै जर्जिनासँग आफ्नो सम्बन्ध राम्रो भएको र छोरालाई गरेको सपोर्टका लागि मोडेलको निकै प्रशंसा गर्ने बताएकी छन् ।

तर सम्बन्ध राम्रो हुँदाहुँदै पनि मारियाले जर्जिनालाई बुहारीको रुपमा भित्र्याउन चाहेकी छैनन् ।आमा मारियाले मात्रै होइन, रोनाल्डोका अन्य तीन छोराछोरीले समेत यस्तै सोच्ने गरेका छन् ।

यसबाट परिवारबाटै चर्को विरोध भएको प्रस्ट हुन्छ । परिवारबाटै दबाब आउन थालेपछि रोनाल्डो हल्का तनावमा रहेको समेत बताइन्छ ।रोनाल्डोले परिवारको कुरा सुन्लान् वा नसुन्लान् ? यो कुरा आगामी दिनले नै देखाउने छन्।

सम्बन्धित समाचार

Leave a Comment