अनुपम खेरले काठमाडौँमा भेटिएकी एक बालिकालाई पढाउने (भिडियो सहित)

काठमाडौं: बलिउड अभिनेता अनुपम खेर फिल्म सुटिङको दौरान अहिले काठमाडौंमा छन् । जहाँ पुग्दा पनि त्यहाँको वातावरणसँग घुलमिल हुन रुचाउने यी अभिनेताको दैनिकी नै हुने गर्छ, घुमघाम ।

मंगलबार बिहान उनी काठमाडौंको बिहानी यात्रामा थिए । काठमाडौं त्यसै पनि संसारभर मन्दिरको सहरका रूपमा परिचित छ । उनी पनि मन्दिरको सहरमा घुम्दै थिए ।

सोही क्रममा उनले आरती नामकी एक भारतीय बालिकालाई भेटे, जो राजस्थानकी स्थायी बासिन्दा हुन् । ती बालिकाले उनीसँग पैसा मागिन् । अनुपम खेरसँग तस्बिर खिचाउँदै गर्दा ती बालिकाले फरर अंग्रेजी बोलिन् । र, आफूले पढ्न चाहेको इच्छा जताइन् ।

अनुपमलाई चाहिएकै त्यही थियो । उनले तत्काल ‘अनुपम खेर फाउन्डेसन’का अधिकारीहरूसँग कुरा गरे । अनि ती राजस्थानी बालिकाको शिक्षादीक्षाको जिम्मा फाउन्डेसनले लियो ।

सामाजिक सञ्जालमा अभिनेता खेरले आरतीसँगको वार्तालापको भिडियो पोस्ट गरेका छन् । तर, काठमाडौंको कुन मन्दिरबाहिर उनलाई भेटेको भन्ने उल्लेख गरेका छैनन् ।

भिडियो हेर्नुहोस्ः

सम्बन्धित समाचार

Leave a Comment