कमेडी च्याम्पियनका बिक्कीलाई मातृशोक

२३ कार्तिक, काठमाडौं – रियालिटी शो ‘कमेडी च्याम्पियन’को दोस्रो संस्करणका बिक्की अग्रवाललाई मातृ शोक परेको छ । बिक्कीकी आमा को निधन भएको बारे निर्देशक प्रदीप भट्टराईले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका छन् । बिक्कीको आमाको निधनले दुख लागेको बताउदै भट्टराईले श्रद्धाञ्जली समेत व्यक्त गरेका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन् – “कमेडी च्याम्पियनका प्यारो भाइ बिक्कि अग्रवाललाई मातृ शोक परेको छ । हार्दिक श्रद्धाञ्जली आन्टी 😥 साथै सम्पूर्ण परिवारलाई यो शोकको घडिमा भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरून् । ‘

बिक्की अग्रवाल कमेडी च्याम्पियन सिजन–२ को फस्ट रनरअप हुन् । उनले कमेडी च्याम्पियनमा नयाँ नयाँ प्रस्तुती दिएर चर्चामा आएका थिए ।

सम्बन्धित समाचार

Leave a Comment