सिक्किममा रमाउँदै अभिनेत्री अदिती (फोटो फिचर)

काठमाण्डौं । लामो समयपछि नेपाली चलचित्र उद्योगले लय समात्दै छ । केही चलचित्र छायांकनमा गएका छन् । निर्माण कार्य पूरा गरेर बसेका चलचित्रले पनि धमाधम रिलिज डेट लिन सुरु गरेका छन् ।

यसैबीच, चलचित्र ‘बाबरी’ छायांकनका लागि चलचित्र युनिट सिक्किम पुगेको छ । सुरेन्द्र पौडेलको निर्देशनमा बन्न लागेको ‘बाबरी’ मा नायिका अदिती बुढाथोकी शीर्ष भूमिकामा देखिँदैछिन् ।

अदितीले आफ्नो फेसबुकमा तस्बिर शेयर गर्दै सिक्किममा ‘बाबरी’ छायांकन भइरहेको जानकारी दिएकी हुन् ।चलचित्र ‘बाबरी’मा अदितीका साथमा धिरज मगर, धिरज टोटलानी, तृप्ती नाडकरले पनि शीर्ष भूमिकामा रहेर अभिनय गर्नेछन् ।

चलचित्रको छायांकन सेड्युल ६० दिनको रहेको छ । त्रिकोणात्मक प्रेम कथामा निर्माण भइरहेको चलचित्रको प्रदर्शन मिति भने सार्वजनिक हुन बाँकी छ । चलचित्र अदितीको होम प्रोडक्सनमै निर्माण भइरहेको छ।२.३. ४.

सम्बन्धित समाचार

Leave a Comment