यूएईले अन्तर्राष्ट्रिय कर्मचारीका लागि ५ वर्षे भिसा दिने

यूएई/ यूएईले आफ्नो मुलुकमा काम गरिरहेका अन्तर्राष्ट्रिय कम्पनीका कर्मचारीको लागि भिसाको म्याद पाँच वर्षको रहने निर्णय गरेको छ। यूएईका युवराज शेख हमदान बिन मोहम्मदले सामाजिक सञ्जाल ट्वीटरमार्फत् यस्तो जानकारी दिएका हुन्।

मंगलबार ट्वीट गर्दै उनले भनेका छन्, ‘हाम्रो लक्ष्य कम्पनीहरुलाई सुविधा दिनु हो र उनीहरुको टोलीलाई पूरा वर्ष सम्मेलन, बैठक, प्रदर्शनीलगायत कामका लागि दुबई आउनजान सहज बनाउनु हो।’

यूएईले हालैका वर्षमा भिसासम्बन्धी विभिन्न योजना अघि सारेको छ। सन् २०१९ मा १० वर्षीय गोल्डेन भिसा जारी गरेको यूएईले पाँच वर्षको भिसाको योजना ल्याएको हो।

यूएईमा करिब १४ लाख अमेरिकी डलरबराबरको रकम लगानी गर्नेले पाँच वर्षको बसोबासको भिसा पाउन सक्छन्। यूएईले ९५ प्रतिशत वा ३.७५ वा जीपीएभन्दा धेरै अंक ल्याउने विद्यार्थीलाई पनि पाँच वर्षको भिसा दिइने बताएको छ।

सम्बन्धित समाचार

Leave a Comment