गायक प्रमोद खरेललाई फिल्मको अफरै अफर, फिल्म खेल्ने बारे यसो भन्छन्

काठमाडौं/ युवापुस्तामा सर्वाधिक रुचाइएका गायक मध्ये प्रमोद खरेल पनि एक हुन । ‘म विना पोखरामा’ गीतपछि दर्शकमाझ चिनिएका उनले एक हजारभन्दा बढी गीत गाइसकेका छन् ।

केही नेपाली फिल्मका गीतमा पनि उनको आवाज सुन्न सकिन्छ । डेढ दशक अगाडि डाक्टर बन्न झापाबाट काठमाडौं आएका उनलाई समयको चक्रले गायक बनायो । उनी बाल्यकालमा भने कलाकार हुन चाहन्थे ।

गायकको रुपमा स्थापित भएपछि उनलाई फिल्मबाट बाक्लै अफर आए र आइरहेका छन् । हालै एक टेलिभिजन अन्तर्वार्तामा उनले अहिलेसम्म आफूले ६र७ वटा फिल्मको स्क्रिप्ट पढेको तर कुनैबाट चित्त नबुझेको बताए ।

उनी आफूलाई सुहाउने खालको स्क्रिप्टबाट अफर आएको अवस्थामा फिल्ममा काम गर्ने बताउँछन् । तर, उनलाई कमिर्शयल फिल्ममा काम गर्ने इच्छा नै छैन ।

उनी भन्छन्, ‘त्यो स्क्रिप्टले प्रमोद खरेल मात्र खोज्यो भने फिल्म गर्छु । तर, बजारमा देखिरहेका कमर्शियल फिल्म भने मबाट हुँदैन । समाजलाई सन्देश दिन खालको फिल्म हुनुपर्छ । तर, अभिनय मेरो क्षेत्र होइन ।

अब मेरो कर्म क्षेत्र नै संगीत हो ।’ बाल्यकालमा फिल्मको कलाकार हुन नपाएको आफ्नो तुस बेला बखतमा म्यूजिक भिडियोमा अभिनय गरेर पोख्ने गरेको प्रमोदको भनाई छ ।

सम्बन्धित समाचार

Leave a Comment