‘कति बस्छ्यौ माइतीकै कौसीमा’ भन्दै माग्नेले उडाए दीपालाई, तर कथाले लियो अर्कै रूप

नेपाली सिनेमा उद्योगमा चलचित्र प्रचारप्रसारको लागि ‘छक्का पन्जा’ टिम सधैँ अगाडि छ । नयाँ नयाँ शैली अपनाउँदै आइरहेको यो टिमले यस पटक फिल्म छायाङ्कन नै नगरी ट्रेलर छायाङ्कन गरेर हलमा बलिउड फिल्म ‘सूर्यवंशी’ सँगै बजाइरहेका छन् ।

अहिले यही टिमले फेरी एक अर्को म्युजिक भिडियो सार्वजनिक गरेको छ । यसमा पनि ‘छक्का पन्जा-४’ प्रचारप्रसारकै छनक दिएका छन् । स्व. राम थापाको चर्चित गीत ‘कति बस्छ्यौ माइतीको कौसीमा’ बोलको गीतको रिमेक भर्सनको भिडियो सार्वजनिक गरिएको हो ।

यसमा केदार घिमिरे ‘माग्ने बुढा’ र दिपाश्री निरौलालाई प्रमुख भूमिकामा देखाइएको छ । छक्का पन्जा सिरिजमा यो जोडी खुबै हिट छ, सोही क्रमलाई यो भिडियोमा पनि प्रस्तुत गरिएको छ ।

दीपा र केदार सँगै भिडियोमा यही टिमका कलाकार निर्मल शर्मा, बुद्धि तामाङ ‘हैट’ लगायत कलाकारहरू पनि फ़िचर्ड छन् ।

छक्का पन्जा टिमले निर्माण गर्नु अनि यही टिमका कलाकारहरू भिडियोमा हुनुले पनि यो छक्का पन्जा ४ को प्रचारात्मक भिडियो हो भन्न सकिन्छ । अर्को कारण भिडियोको अन्त्यमा ‘छक्का पन्जा-४’ चाडै आउदैछ भनेर समेत देखाइएको छ ।

सार्वजनिक नयाँ भर्सनको गीतमा अन्जु पन्त र हिमाल श्रेष्ठको स्वर रहेको छ । बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी यो गीतको भिडियो सार्वजनिक गरिएको थियो । गीतका रचनाकार तथा सङ्गीतकार मुरारी प्रसाद लामिछाने हुन् ।

सार्वजनिक गीतमा केही शब्द रचना थप गरिएको छ भने म्युजिक रिक्रियशन गरिएको छ । थप शब्द र म्युजिक रिक्रियशन भीम विष्टले गरेका छन् ।

भिडियोमा चलचित्र ‘छक्का पन्जा’ टिमको निर्देशन रहेको छ । हरि हुमागाईँको छायाङ्कन तथा टेकेन्द्र शाहको सम्पादन रहेको छ । कोरियोग्राफर विक्रम स्वाँर हुन् ।

भिडियो हेर्नुहोस्:

सम्बन्धित समाचार

Leave a Comment