सन् २०२२ मा बलिउडका बहुप्रतिक्षीत यि दुई फिल्मको भिड्न्त

काठमाडौं-आउँदो वर्ष २०२२ मा भारतका दुई ठूला फिल्म एकै मितिमा भिड्ने भएका छन् । २०२२ को अप्रिल १४ (नेपाली नयाँ वर्ष बैशाख १ मा बलिउडको बहुप्रतिक्षीत फिल्म ‘लाल सिंह चड्ढा’ र साउथको ‘केजीएफ २’ बक्सअफिसमा एकअर्कासँग भिड्न लागेका हुन् ।

आमिर खान प्रोडक्सनले शनिवार ‘लाल सिंह चड्ढा’ को एक रोमान्टिक पोस्टर सार्वजनिक गर्दै २०२२ को अप्रिल १४ लाई प्रदर्शन मिति घोषणा गरेको हो । यसअघि यो फिल्म भ्यालेन्टाइन डेको अवसर पारेर ११ फेब्रअरीमा प्रदर्शनमा आउने तयारीमा थियो ।

तर, अब फिल्मको रिलिज २ महिना पछाडि धकलिएको छ । सार्वजनिक पोस्टरमा आमिर खान र करीना कपूरलाई देख्न सकिन्छ । फिल्म ‘लाल सिंह चड्ढा’ सन् १९९४ मा आएको हलिउड फिल्म ‘फरेस्ट गम्प’ को हिन्दी रिमेक हो ।

ओरिजिनल फिल्ममा मुख्य पात्र फरेस्टको दिमाग कम काम गर्छ तर उसले सफलता प्राप्त गर्छ र ऐतिहासिक पुरुष बन्छ ।

अद्वैत चन्दन निर्देशित ‘लाल सिंह चड्ढा’ मा प्रीतमको संगीत र अमिताभ भट्टाचार्यको शब्द रहेको छ । ‘थ्री इड‍ियट्स’ पछि आमिर र करीनाले एकसाथ काम गरेका हुन् ।

सम्बन्धित समाचार

Leave a Comment