कमेडियन कपिल शर्माको २५ करोड भारू पर्ने फार्महाउस यस्तो छ (तस्बिर सहित)

एजेन्सी । भारतीय कमेडियन कपिल शर्मा मध्यम वर्गीय परिवारमा हुर्के-बढेका हुन्। तर पछिल्ला वर्षमा उनको मेहनत र कामले उनलाई आर्थिक रूपमा निकै सबल बनाइसकेको छ।

हाल सोनीमा द कपिल शर्मा शो चलाइरहेका उनले केही फिल्ममा अभिनय पनि गरेका छन्। आफैं फिल्म बनाएका छन्। अहिले उनी सोनीकै एक वेबसिरिजमा पनि काम गरिरहेका छन्।

आममान्छेबाट सेलेब्रेटीको जीवनसम्म आइपुग्दा उनको जीवनमा धेरै परिवर्तन आइसकेको छ। उनीसँग महँगा-महँगा सामानहरू छन्, गाडीदेखि घरसम्म।

उनी भारतमा धेरै आयकर तिर्ने कलाकारको सूचीमा अग्रस्थानमा पर्छन्। त्यस्तै फोर्ब्सले पनि उनलाई सबभन्दा धेरै पारिश्रमिक लिने सेलेब्रेटीको सूचीमा राखेको थियो। उनले कपिल शोको एक भागको भारू ८० देखि ९० लाख लिने बताइन्छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार कपिलले भारतका विभिन्न ठाउँमा घरहरू किनेका छन्। मुम्बईको पटियालामा उनको आलिसान घर छ। त्यस्तै उनको पुर्ख्यौली घर भएको ठाउँ पन्जाबमा उनले विलासी फार्महाउस पनि किनेका छन्।

‍यहाँ हामी उनको त्यही फार्महाउसको कुरा गर्दैछौं। फार्महाउस त नाम मात्रै हो, यो एक बङ्लो हो। यसको मूल्य २५ करोड भारू पर्ने हाउजिङ डटकमले लेखेको छ।

चारैतिर हरियाली भएको यो घर बिदा मनाउन उपयुक्त देखिन्छ। मुम्बई सहरको घर र कामको व्यस्तताबीच कपिल र उनको परिवारका लागि शान्त ठाउँ। हाउजिङ डटकम लेख्छ, ‘कपिलको यो घर कुनै सानो दरबारभन्दा कम छैन।’

हेर्नुहोस् उक्त घरका केही तस्बिरहरूः२. ३. ४. ५.

सम्बन्धित समाचार

Leave a Comment