आज पनी घट्यो सुनको भाउ, तोलाको कतीमा कारोबार हुँदैछ?

काठमाण्डाै – सुनको भाउ आज पनि घटेको छ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेको हो । हिजो सुनको भाउ तोलामा १६ सय रुपैयाँले घटेको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९१ हजार ८ सय रुपैयाँ तोकिएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अहिले सुनको मूल्य घट्नु र बढ्नुको खास कारण छैन । तर, पनि भाउमा उतारचढाव आइरहेको छ ।

अमेरिकाको केन्द्रीय बैंकको अध्यक्षमा जेरोम पावेल दोहोरिने भए पछि त्यसको प्रभाव सुनमा परेको हुन सक्ने महासंघको अनुमान छ ।

संकटमा परेको अर्थतन्त्र उकास्न पावेले लिएको रणनीतिको असर सुनमा परेको हुन सक्ने महासंघले जनाएको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ ।

हिजो तोलामा १२ सय ५५ रुपैयाँ रहेको चाँदी आज १२ सय २५ रुपैयाँमा कारोबार भइको छ । हरेक दिन बिहान १० बजेको अन्तर्राष्ट्रिय मूल्यअनुसार नेपाली बजारमा पनि सुनचाँदीको मूल्य निर्धारण हुने गरेको छ ।

सम्बन्धित समाचार

Leave a Comment