किन रेखासँग काम गर्न चाहदैनन बलिउड अभिनेता आमिर खान?

एजेन्सी :  आमिर खान बलिउडको उत्कृष्ट अभिनेता मध्ये पर्छन्। ‘थ्री इडियट्स’, ‘दंगल’, ‘तारे जमिन पर’, ‘लगान’ लगायत फिल्ममा उनको भुमिकाले अमिर यो क्षेत्रमा परिचित छन्।

उनीसँगै फिल्ममा काम गर्न पाउनु कयौँ कलाकारले सपना देखेका छन्। तर आमिर आफैंले बलिउडको एक अभिनेत्रीसँग कहिल्यै काम नगर्ने सोच बनाएका थिए। ती कलाकार थिइन्, बलिउडकी चर्चित अभिनेत्री रेखा।

बलिउडमा दुई दशकभन्दा लामो अनुभव भएकी रेखा कुनैबेला भारतीय फिल्म क्षेत्रमा सार्वधिक पैसा कमाउने अभिनेत्रीमा पर्थिन्। उनको अभिनय र सुन्दर्ताका कारण फिल्महरु बक्स अफिसमा हिट हुने गथ्र्यो।

उनले पुरानादेखि नयाँ कलाकारसँग पनि फिल्म खेलेकी छिन्, तर दर्शकले अहिलेसम्म यी अभिनेत्री र आमिरलाई एउटै पर्दामा देख्न पाएका छैनन्।

बलिउडमा आमिरले कहिल्यै पनि रेखासँग फिल्ममा काम गर्ने वाचा नगरेको हल्ला छ। फिल्म सेटमा रेखाले गर्ने व्यवहारले देखेर आमिर उनीसँग टाढा भएको पनि भनिन्छ।

कोइमोइका अनुसार रेखाले धेरै समय अगाडि ‘लकेट’ फिल्ममा आमिरका बुबा ताहिर हुसेनसँग काम गरेकी थिइन्। सो फिल्मको सुटिङ सेटमा आमिर पनि जाने गर्थे। त्यहाँ उनले रेखाको काम गर्ने तरिका देखे।

रेखा सधैँ सेटमा ढिलो आउने र आफ्नो कामप्रति गम्भिर नभएको देखेर आमिरलाई उनको व्यवहार मन परेको थिएन। त्यही दिनदेखि आमिरले रेखासँग काम नगर्ने निर्णय लिएका हुन्।

त्योबेला आमिर उमेरले निकै साना थिए। एक समय आफ्नो ‘टाइम मेसिन’ नामको प्रोजेक्टका लागि उनी रेखा र अभिनेता नासिरुद्धिनसँगै काम गर्ने तयारीमा थिए। तर पैसाको अभावले सो फिल्मको प्रोडक्सन नै भएन।

हाल आमिर अभिनेत्री करिना कपुर खानसँग नयाँ फिल्म ‘लाल सिंह चड्डा’मा देखिने तयारीमा छिन्। यो हलिउड फिल्म ‘फरेस्ट गम्प’को रिमेक रहेको कोइमोइले जनाएको छ।

सम्बन्धित समाचार

Leave a Comment