वैवाहिक समारोह लाई गोप्य बनाउन विक्की र कट्रीनाको यस्तो कदम…

मुम्बई : बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कट्रीना कैफको विवाहको चर्चा चुलिँदै गएको छ ।विवाहका बारेमा धेरै कुराहरु गोप्य नै राखिएको छ ।

त्यसेले, अहिले सम्म पनि दुबैको तर्फबाट विवाहको बारेमा कुनै जानकारी सार्वजनिक गरिएको छैन ।यसका साथै विवाहको निमन्त्रणा कार्डसमेत अहिलेसम्म पठाइएको छैन ।

यो जोडिले विवाहमा अत्यधिक गोपनियता अपनाउन लागेको बताइएको छ ।विवाह राजस्थानको एउटा रिसोर्टमा हुँदैछ ।यसैबी, विक्की कौशलले आफ्नो विवाहको निमन्त्रणा कार्डमा आगन्तुकहरुलाई आफूसंग मोबाइल नल्याउन आग्रह गर्ने भएका छन् ।

वैवाहिक समारोहस्थलमा कुनै पनि पाहुनाले मोबाइल फोन ल्याउन पाउने छैन ।सामाजिक सन्जालमा पनि कुनै फोटो र भिडियो विवाहको भेन्यूबाट लीक नहोस् भन्ने किसिमको कडा आदेश इभेन्ट म्यानेजमेन्ट एजेन्सीलाई दिइएको छ ।

दुबैंका लागि विशेष दिन भएकाले विवाहका कुनै पनि किसिमको फोटो अथवा भिडियो कुनै हालतमा पनि लिक हुनु हुँदैन भन्ने धारणा दुबैको रहेको छ ।

अहिले विक्की र कट्रीना विवाहका लागि व्यस्त छन् ।उनीहरुले एउटा स्पेशल टीम बनाएका छन्, जसले गोप्यता र सुरक्षाको विशेष ध्यान दिनेछ ।विवाह स्थलमा एउटा त्यस्तो विशेष एरिया बनाइएको छ, जहाअ मोबाइल फोन संकलन गरिने छ ।

विवाहमा बलिउडका सेलिब्रिटीहरुबाहेक दुबैको परिवारका सम्पूर्ण सदस्य सहभागि हुनेछन् ।विवाह समारोहस्थलमा मोबाइल फोन लिएर जान नपाउने नियम परिवारको सदस्यहरुमा पनि लागू हुने बताएएको छ।

यो पनि पढ्नुहोस ! ‘आदिपुरुष’का लागि प्रभासको परिश्रमिक १५० करोड भारु?

मुम्बई । चलचित्र उद्योगमा केही स्टारहरू यति लोकप्रियता छन् कि उनीहरूको नामले नै चलचित्र हिट हुने पक्का हुन्छ । यसको बदलामा उनीहरूले परिश्रमिक रकम पनि ठुलै माग गर्छन् ।

यो सूचीमा ‘बाहुबली’ जस्तो सुपरहिट चलचित्र दिने तेलुगू सुपरस्टार प्रभास पनि छन् । प्रभासले आफ्नो नयाँ चलचित्र ‘आदिपुरुष’का लागि ठुलो रकम लिएका छन् । भारतीय सञ्चारमाध्यमकाअनुसार प्रभासले ‘आदिपुरुष’ र ‘स्प्रिट’ का लागि भारु १५० करोड लिएका हुन् ।

सलमान खान र अक्षय कुमार पछि पछिल्लो १० वर्षमा यति धेरै पारिश्रमिक लिने प्रभास तेस्रो अभिनेता हुन् । सलमानले ‘सुल्तान’ र ‘टाइगर जिन्दा हे’ का लागि १०० करोड भन्दा बढी पारिश्रमिक लिएका थिए । अक्षय कुमारले पनि चलचित्र ‘बेलबटम’ का लागि १०० करोड बढी पारिश्रमिक लिएका थिए ।

ओम राउतको निर्देशन बनिरहेको ‘आदिपुरुष’ मा प्रभासका साथै सैफ अली खान, कृति सेनन र सनी सिंहको पनि अभिनय देख्ने छन् । यो चलचित्र पौराणिक ग्रन्थ रामायणमा आधारित छ ।

जसमा प्रभाव भगवान राम र सैफ अली खान रावणको भूमिकामा देखिने छन् । ‘आदिपुरुष’ को रिलिज मिति आगामी अगस्ट ११ मा तोकिएको छ । यसका साथै उनी ‘राधे श्याम’ मा पनि देखिँदै छन् । जसमा उनीसँग पुजा हेगडे पनि मुख्य भूमिकामा देखिँदै छन् ।

 

सम्बन्धित समाचार

Leave a Comment