१५० करोड पारिश्रमिक लिने साउथका पहिलो अभिनेता बने प्रभास, अन्य अभिनेताको पारिश्रमिक कती?

काठमाडौं । भारतमा केही वर्षदेखि बलिउडका मात्र नभएर साउथ अभिनेताहरुको क्रेज समेत ह्वात्तै बढेको छ । उनीहरुमाथि करोडौं लगानी गरेर चलचित्र बनाउन निर्माताहरु लालयित हुन्छन् ।

चलचित्र ‘बाहुबली र बाहुबली २’ रिलिज भएपछि साउथ स्टार प्रभासको क्रेज निक्कै बढ्यो । उनका चलचित्रले भारतका अधिकांश राज्यमा प्रभाव जमाउन थाले । यसैले उनीमाथि करोडौं लगानी गरेर चलचित्र बनाउन निर्माता तम्सिएका छन् ।

प्रभासका प्रशंसकहरु महाराष्ट्र, दिल्ली, तमिलनाडु, आन्ध्र प्रदेश, कर्नाटक, केरलामा पनि लाखौको संख्यामा छन् । उनका ‘राधे श्याम’, ‘सालार’, ‘आधीपुरुष’, ‘प्रोजेक्ट के’ र ‘स्प्रिट’ रिलिजको तयारीमा छन् ।

यीमध्ये अधिकांश चलचित्र बलिउड निर्माता भुषण कुमारका छन् । भुषण चलचित्र ‘राधे श्याम, आधीपुरुष र स्प्रिट’लाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने तयारीमा छन् । तर, एकपछि अर्को चलचित्रमा प्रभाससँग काम गर्न भुषणलाई सहज भने छैन ।

भारतीय मिडियाका अनुसार, प्रभासले चलचित्र ‘स्प्रिट’का लागि १५० करोड भारु पारिश्रमिक लिएका छन् । उनले चलचित्र ‘आधीपुरुष’का लागि पनि यति नै पारिश्रमिक लिएका थिए । योसँगै प्रभास सबैभन्दा महंगो पारिश्रमिक लिने भारतीय अभिनेता बनेका छन् ।

यसअघि, रजनीकान्तले चलचित्र ‘दरबार’का लागि ९० करोड पारिश्रमिक लिएका थिए । विजयले ‘थलापति ६५’का लागि एक सय करोड पारिश्रमिक लिएका थिए ।

विजय थलापतीविजयले ‘थलापति ६५’का लागि एक सय करोड पारिश्रमिक लिएका थिए ।

महेश बाबू

महेश बाबूले आफ्नो अपकिङ फिल्मका लागि ८० करोड लिएका छन् ।

पवन कल्याण

टलिउड अभिनेता पवन कल्याणले एक फिल्मका लागि ५५ करोड लिने गरेका छन् ।

रजनीकान्त

सुपरस्टार रजनीकान्त एक फिल्मका लागि ६० करोडसम्म पारिश्रमीक लिने गर्दछन् । उनले फिल्म दरबारमा ९० करोड पारिश्रमीक लिएका थिए ।

चिरञ्जीवी

चिरञ्जीवी एक फिल्मको पारिश्रमीक ५० करोडसम्म लिने गर्दछन् ।

अल्लू अर्जुन

अभिनेता अल्लू अर्जुन एउटा फिल्ममा काम गरेको २५ करोड रुपैयाँसम्म पारिश्रमीक लिने गर्दछन् ।

सूर्या

सूर्या एउटा फिल्ममा काम गरेको पारिश्रमीक २५ करोडसम्म लिने गर्दछन् ।

धनुष

धनुष एउटा फिल्मको पारिश्रमीकका रुपमा १७ करोडसम्म पारिश्रमीक लिने गर्दछन् ।

रामचरण

रामचरण एउटा फिल्ममा काम गरेको १४ करोड रुपैयाँसम्म लिने गर्दछन् ।

विक्रम

अभिनेता विक्रम एउटा फिल्ममा काम गरेको पारिश्रमीक १० करोडसम्म लिने गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

रवि तेजा

रवि तेजाले एक फिल्ममा काम गरेको पारिश्रमीक १० करोड रुपैयाँसम्म लिने गरेका छन् ।

सम्बन्धित समाचार

Leave a Comment