इमर्जिङ प्लेयर अवार्डको भोटिङमा सन्दीप लामिछाने अग्रस्थानमा, (सदिपलाइ यसरी गर्न सकिन्छ भोट)

काठमाडौं  बैशाख ४ । नेपाली लेग स्पिनर सन्दिप लामीछाने भारतिय क्रिकेट बोर्ड (बिसीसीआई) को इमर्जिङ प्यलेयर अवार्डमा मनोनयनमा परेका छन् । भारतकै निकै नै लोकप्रिय खेल आइपियलमा ब्यस्त रहेका सन्दिपलाइ भारतिय बिसीसीआई ले इमर्जिङ अवार्डमा मनोनयनमा पारेको हो । उक्त अवार्डको बिजेता अनलाइन भोटिङ र कमेन्टेटरहरूको आधारमा चयन गरिने छ । आईपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडीलाई प्रत्येक संस्करणमा इमर्जिङ प्लेयर अवार्ड प्रदान गरिने गरेको छ । दोस्रो पटक दिल्लीबाट आइपीएल खेल्दै गरेका सन्दीप अवार्डको मनोनयमा परेका छन् । भारतीय क्रिकेट बोर्डले जारी गरेको इमर्जिङ प्लेयर अवार्ड मनोनयनको सुचीमा सन्दीप परेका छन् ।

उनी बिजेत हुने या नुहँने बिषय अनलाइन भोटिङले निर्धारण गर्ने छ (यहाँ क्लिक गरेर भोट गर्न सकिन्छ) सन्दीपसँगै रोयल च्यालेन्जर्सका मोहम्मद सिराज, मुम्बई इन्डियन्सका राहुल चहर, राजस्थान रोयल्सका जोफ्रा अर्चर र राजस्थान रोयल्सकै श्रेयस गोपाल मनोनयनमा परेका छन् । हालसम्मको आइपीएलको यस संस्करणमा उनले चार खेल खेल्दै पाँच विकेट लिएका छन् । अघिल्लो बर्ष उनले तीन खेलमा पाँच बिकेट लिएका थिए । इमर्जिङ प्लेयर अवार्डमा पाँच जना मनोनयमा परेका छन् । अवार्ड जित्नेलाई १० लाख भारतीय रुपैया नगद पुरस्कार प्रदान गरिदै आएको छ । हालसम्म सन्दीप अगाडी रहेका छन् । उनले ६० प्रतिशत मत पाएका छन् भने मोहम्मद सिराजले पछ्याइरुहेका छन् ।

2
34 5

Related posts

Leave a Comment