अष्ट्रेलियन प्रधानमन्त्रीले भने– लकडाउन हुन्न, अष्ट्रेलिया ओमिक्रोनबाट डराएको छैन ।

१८ मंसिर, अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट अष्ट्रेलिया नडराएको र अहिले तत्काल अष्ट्रेलियामा लकडाउन नहुने बताएका छन् । उनले लकडाउन मात्र नभएर अष्ट्रेलिया तत्काल कडा प्रतिबन्धमा जाने कुरा पनि नभएको बताएका छन् । सावधानी अपनाउन र यो नयाँ भेरियन्टबाट अध्ययन गर्न दुई साता थप सीमा नखोल्ने निर्णय आफूहरुले गरेको पनि उनले बताएका छन् । उनले अष्ट्रेलियामा खोप पूर्णरुपमा लगाइएको र आफूहरुले सावधानी अपनाएकाले कडा प्रतिबन्धका कार्यक्रम पनि नआउने बताएका हुन् । यसअघि अष्ट्रेलियाले १ डिसेम्बरबाट विदेशी यात्रुलाई प्रवेश खुला गर्ने निर्णय गरेको थियो । तर, विश्व स्वास्थ्य…

विद्यार्थीका लागि जापान र अस्ट्रेलिया खुल्यो भिसा लागिसकेकालाई तयार रहन इक्यानको आग्रह

काठमाडौं । अध्ययनका लागि जापान र अस्ट्रेलिया जाने तयारीमा रहेका विद्यार्थीलाई ती देश खुला भएका छन् । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले जापान र अस्ट्रेलियाको बोर्डर खुलेको जानकारी दिँदै सबै तयारी पूरा गरेर बसेका विद्यार्थीहरूलाई तयारी अवस्थामा बस्न सुझाव दिएको छ । इक्यानले पत्रकार सम्मेलन गरेर अस्ट्रेलिया जान मात्रै ३ हजार ७ सय विद्यार्थी तयारी अवस्थामा रहेको भन्दै जापान र अस्ट्रेलिया जान बाटो खुलेको जानकारी गराएको हो । जापानले गत ८ नोभेम्बरदेखि नै पर्यटक भिसाबाहेक अन्य भिसाका लागि बोर्डर खुला भएको निर्णय गरेको थियो भने अस्ट्रेलियाले आगामी १ डिसेम्बरबाट विदेशी…

‘स्टुडेन्ट भिसा’मा अस्ट्रेलिया जान अझै अनिश्चित

काठमाडौं । ‘स्टुडेन्ट भिसा’मा अष्ट्रेलिया जान नेपालीहरूका लागि अझै बाटो खुलेको छैन। कोरोना संक्रमणका कारण बन्द रहेको ‘स्टुडेन्ट भिसा’मा अष्ट्रेलिया प्रवेश प्रक्रिया अझै नटुंगिएको हो। तर, नोभेम्बर १ देखि अस्ट्रेलियाले मान्यता दिएको कोरोना खोपको डोज पूरा गरेका आफ्ना नागरिक र त्यहाँको स्थायी आवाशीय (पीआर) भिसा लिएकाहरूलाई विदेश आउन र जान बाटो भने खुलाइएको छ। भिसा लगाएर बसेका वा त्यहाँ पढ्दै गरेर आ–आफ्नो मुलुक गएर कोरोनाको कारण फर्किन नपाएका विद्यार्थीहरूबारे भने अझै कुनै ठोस निर्णय हुन नसकेको हो। अष्ट्रेलियाको आप्रवासी कानून सम्बन्धी अध्ययन गरी आप्रवासी एजेन्टको रुपमा काम गरिरहेका सिद्धार्थराज भण्डारी…

अष्ट्रेलियाबाट अब बिनाअनुमति बाहिर जान पाइने !

बीबीसी । अष्ट्रेलियाले अर्को हप्तादेखि आफ्ना नागरिकहरुलाई बिना अनुमति देशबाट बाहिरिन नपाउने नियम हटाउने भएको छ । अष्ट्रेलियनहरुले विश्वकै सबैभन्दा कडा सिमाना नियमको पछिल्लो १९ महिनादेखि पालना गरिरहेका थिए । कोभिडलाई नियन्त्रणमा राख्न सरकारले यस्तो उपाय अपनाएको हो । यस्तोमा नोभेम्बर १ देखि कोभिडको पूरा डोज खोप लगाएकाहरुलाई देश छाड्न विशेष अनुमतिको आवश्यकता नपर्ने बताइएको छ । अहिलेका लागि यो नियममा केबल अष्ट्रेलियनहरुलाई समावेश गरिएको छ तर छिटै विदेशीहरुका लागि पनि धेरै नियम खुकुलो पारिने सरकारले जनाएको छ । गृह मन्त्री केरेन एन्ड्रयुजले आफ्नो बयानमा भनेका हुन्, “यो वर्ष अन्त्य…

अष्ट्रेलियामा खुल्न थाले बजार, विदेशी विद्यार्थी नफर्किँदा कामदार अभाव

काठमाडौं । दुई वर्षसम्म कहिले हटाइने त कहिले लगाइने लकडाउनपछि ‘जमघट’ लागि अष्ट्रेलिया तयार भएर बसेको छ । तर कामदार र विदेशी विद्यार्थी आ-आफ्नो घर गएकाले रेष्टुरेन्टदेखि खेलकुद केन्द्रसम्म कर्मचारीको अभाव देखिन थालेको छ । त्यस्तै, कडाइका साथ सीमा बन्द गरिएको हुँदा बजारमा अनौपचारिक कामदार (क्याजुअल वर्कर्स) को अभाव देखिन थालेको छ । अर्थतन्त्र खुला भएको छ । तर सिड्नीज अल सिजन्सजस्ता हस्पिटालिटी केन्द्रित फर्मले सेवा दिन सकेका छैनन् । सर्वसाधारणको भीड हुने व्यवसायमा सबैभन्दा धेरै श्रम अभाव देखिएको रोएटर्सले जनाएको छ । सरकारी तथ्याङ्कअनुसार रोजगार भिसा पाएका गैरआवासीय कामदारको…

अष्ट्रेलियाले नागरिकमाथि लगाएको यात्रा सम्बन्धी प्रतिबन्ध हटाउँदै

एजेन्सी । अष्ट्रेलियाले १९ महिनापछि आफ्ना नागरिकहरुलाई समुद्रपार यात्राको प्रतिबन्ध हटाउने भएको छ । कोरोना महामारीका कारण अनुमति विना समुद्रपार यात्राका लागि लगाइएको प्रतिबन्ध आगामी सातादेखि हटाउने निर्णय अष्ट्रेलिया सरकारले गरेको हो । आगामी नोभेम्बर १ देखि कोरोनाको पूर्ण खोप लगाएका कुनै पनि अष्ट्रेलियन नागरिकले विदेश यात्राका लागि अनुमति लिनु पर्ने छैन । तर अष्ट्रेलियामा बस्ने विदेशी नागरिकहरुको हकमा भने अहिले नै उक्त प्रतिबन्ध हट्ने छैन । तर सन् २०२१ को अन्तसम्ममा विदेशी दक्ष कामदारलाई पनि स्वागत गर्ने तयारीमा आफूहरु रहेको अष्ट्रेलियाका गृहमन्त्ती करेन एन्ड्रूजले बताएका छन् । खोप नलगाएकाहरुको…

अष्ट्रेलियाको सिड्नी लगायतका शहरमा १०६ दिनपछी लकडाउन हट्यो

सिड्नी । अष्ट्रेलियाको सिड्नी शहरमा लकडाउन अन्त्य भएको छ । कोरोनाभाइरसको महामारीका कारण जारी गरिएको लकडाउन १०६ दिनपछि सोमबारदेखि लकडाउन अन्त्य भएको हो । अहिले महामारीको असर कम भएकाले लकडाउनको आवश्यकता नरहेको ठहर गदै अन्त्य गरिएको अधिकारीहरुले बताएका छन् । देशको सबैभन्दा ठूलो शहर मानिने सिड्नीमा झण्डै ५० लाख मानिस बसोबास गर्छन । लामो समयदेखिको लकडाउनका कारण धेरै मानिस प्रभावित बनेका थिए । सिड्नी समेत पर्ने न्यू साउथ वेल्स प्रदेशमा ७० प्रतिशतभन्दा बढीले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । झण्डै चार महिनापछि लकडाउन अन्त्य भएको पहिलो दिनलाई कतिपयले स्वतन्त्रता…

अस्ट्रेलियाले आगामी महिनादेखि कृषि भिसा जारी गर्ने ।

काठमाडौँ । अस्ट्रेलिया सरकारले आगामी महिनादेखि कृषि भिसा जाारी गर्ने भएको छ । कृषि क्षेत्रमा कामदार अभाव देखिएपछि अस्ट्रेलिया सरकारले कृषि कामदार लैजानको लागि कृषि भिसा जाारी गर्न लागेको हो । अस्ट्रेलिया प्यासेफीक मोबिलीटी स्कीम(पाल्म स्कीम) अन्तर्गत गर्मी महिनामा अत्याधिक कामदार आवश्यकता हुने भएकाले यसलाई मध्यनजर गरि अस्ट्रेलिया सरकारले कृषि भिसा जारी गर्न लागेको हो । यो भिसा सन् १९९४ को अध्यागमन विनियम अनुरुप जारी गर्न लागिएको हो । जसको लागि ग्रामिण कृषि क्षेत्रमा काम गर्न ३ वर्षका लागि प्रवेशाज्ञा दिइनेछ । उक्त क्षेत्रमा काम गर्ने कामदार छिमेकी मुलुकलाई प्राथमिकता…

अष्ट्रेलियाको भिक्टोरियामा ६ म्याग्नेच्युडको भूकम्पको धक्का

काठमाडौं /अष्ट्रेलियामा आज बिहान ६ म्या’ग्नेच्युडको भू’कम्प गएको छ। बिहान स्थानीय समयअनुसार ९ बजेर १५ मिनेटमा भिक्टोरिया राज्यको राजधानी मेलबर्ननजिकैको म्यान्सफिल्डलाई केन्द्रबिन्दु बनाएर भू’कम्प गएको हो। भूकम्पको धक्का सयौं किलोमिटर टाढाका सिड्नी, एडलेइडलगायत सहरसम्म पनि महशुस गरिएको थियो। भू’कम्पबाट मेलबर्न सहरका केही भवनमा क्षति भएका तस्बिरहरू सामाजिक सञ्जालमा भेटिएका छन् । अहिलेसम्म मानवीय क्षति भएको विवरण आइसकेको छैन। ४ म्याग्नेच्युडको परकम्प पनि आएकाले अग्ला भवनमा रहेका मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ। केही ठाउँमा बिजुली अवरूद्ध भएको पनि बताइएको छ। भूकम्प गएको क्षेत्रका नागरिकलाई सुरक्षित रहन र अप्ठेरो परे उद्दारका लागि…

अष्ट्रेलियामा लोकप्रिय विशेषज्ञ सर्जन डा. कुश श्रेष्ठको निधन

अष्ट्रेलिया । अष्ट्रेलियाको समुदायमा लोकप्रिय रहनु भएका विशेषज्ञ सर्जन डा. कुश श्रेष्ठको निधन भएको छ ।डा श्रेष्ठ अष्ट्रेलियाको चिकित्सक हरु मध्ये चर्चित व्यक्तित्व हुनुहुन्थ्यो जसले समाज सेवा र आफ्नो पेशा लाई नियमित रुपमा लिएर जानु भएको थियो । नेपालको अस्पताल तथा चिकित्सकहरुलाई समेत अधुनिक प्रविधि र तालिम दिलाउन लागि परेका श्रेष्ठको आइतबार निधन भएको हो । अष्ट्रेलिया र नेपालको नेपाली समाजमा निकै सक्रिय सामाजिक अभियन्ता डाक्टर कुशले कोरोनाको समयमा समेत नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग गरिरहनु भएको थियो । उहाँले नेपालको कर्णाली जिल्लामा १५ बेडको कोभिड अस्पताल र एम्बुलेन्स सेवाको सहयोग…