नायिका सुहानालाई कृष्णजस्तो ब्वाइफ्रेन्ड, राम जस्तै हज्बेन्डको चाहना।

काठमाडौँ । नेपाली अभिनेत्री सुहाना थापाले भगवान् कृष्णजस्तो ब्वाइफ्रेन्ड (केटा साथी) र भगवान् रामजस्तो हजबेन्ड (लोग्ने) चाहना रहेको बताएकी छन्। एपी वान टेलिभिजनको कार्यक्रम ‘ग्ल्यामर गफ’मा उनले सो कुरा खुलाएकी हुन्। भगवान् कृष्ण र राममध्ये कसलाई छान्नुहुन्छ? भन्ने कार्यक्रम प्रस्तोताको प्रश्नमा उनले ‘ब्वाइफ्रेन्ड कृष्णजस्तो हुनुपर्छ र हज्बेन्ड रामजस्तो हुनुपर्छ’ भनेकी थिइन्। ‘कृष्ण चुलबुल छन्, मुरली बजाउने, रमाइलो गर्ने त्यसो हुँदा आफूलाई पनि चुलबुल हुन मन लाग्छ,’ अन्तर्वार्तामा उनले भनेकी छन्, ‘भगवान् राम चाहिँ अनुशासित, बुद्धिजीवी राजा भए।’ अभिनेत्री सुहाना थापाको दैनिकी बिहान साढे ४ बजे नै सुरू हुन्छ। हरेक दिन…

‘पीर’ गित विवादमा परेपछी प्रकाश सपुतले दिए स्पष्टीकरण

काठमाडौं । गायक प्रकाश सपुतले आफ्नो नयाँ गीत ‘पीर’लाई राजनीतिकरण नगर्न आग्रह गरेका छन् । तर गीतको भिडियोको केही दृश्यले कसैको आत्मसम्मानमा चोट पुगेकोमा उनले माफी मागेका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गायक सपुतले आफूले देखेका र संगत गरेका व्यक्तिहरुलाई नै आधार बनाएर गीतको विषयवस्तु बनाएको र यसमा सम्बन्धित पक्षको आत्मसम्मानमा चोट पुगेको भए माफी दिन आग्रह गरेका हुन् । साथै उनले कसैले यस विषयलाई नियतवस उक्साएर वा निरन्तर निरुत्साहित गरेर एउटा सर्जकलाई दुविधामा नपार्न पनि आग्रह गरेका छन् । उनले गीतमा समावेश चरित्र आफैंले देखेका र…

प्रकाश सपुतको समर्थनमा युथ फोर्सले भन्यो, ‘धम्कि नरोकिए हामी प्रतिकार गर्छौ ’

काठमाण्डौं । म्युजिक भिडियो निर्माण गरेकै आधारमा गायक प्रकाश सपूतलाई धम्की दिले नेकपा (माओवादी केन्द्र)का नेता-कार्यकर्तालाई राष्ट्रिय युवा संघ नेपालको युथ फोर्स विभागले चेतावनी दिएको छ। सपूतले भर्खरै सार्वजनिक गरेको ‘पिर’ नामक नयाँ म्युजिक भिडियोलाई लिएर माओवादी नेता-कार्यकर्ता आक्रोशित भएका छन् । गीतकै विषयमा सपूतविरुद्ध धम्कीपूर्ण भाषा प्रयोग भएपछि आइतबार युथ फोर्सका प्रमुख पुष्पराज श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै सपुतमाथि भइरहेका धम्कीपूर्ण भाषा रोक्न अनुरोध गर्दै धम्कि नरोकिए प्रतिकार गर्न आफु तयार रहेको बताएको हो । ‘देशको गहनाका रुपमा उदयमान प्रकाश सपूतजस्तो प्रतिभाविरुद्ध भइरहेका धम्कीपूर्ण भाषाको प्रतिकार गर्न युथ फोर्स…

विवादमा तानियो प्रकाश सपुतको नयाँ गीत, युट्युब बाट हटाउन चेतावनी

काठमाण्डौं । प्रकाश सपुतको नयाँ गीत पीर रिलिज भएको २४ घण्टा पनि नबित्दै विवादमा तानिएको छ । जनयुद्धमा सहभागी जनमुक्ति सेनाको दुःखमा आधारित भएर बनाइएको १६ मिनेट २५ सेकेण्ड लामो गीत यतिबेला युट्युबको ट्रेन्डिङमा रहेको छ । तर, गीत सार्वजनिक भएपछि माओवादी वृत्तबाट यसको चर्को आलोचना भइरहेको छ । नेकपा माओवादी केन्द्रसम्बद्ध अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले सपुतलाई गीत हटाउन चेतावनी नै दिएकी छिन् । उनले सर्वाजनिक माफी मागेर तत्काल युट्युबबाट गीत नहटाए गैरजिम्मेवार हर्कत सहेर नबस्ने बताएकी छन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन् : महान् जनयुद्धको कारण केही…

प्रकाश सपुतको गीतमा माओवादी ‘जनयुद्ध’का अयोग्य लडाकुका ‘पीर’

काठमाडौँ– कलाकार प्रकाश सपुतले ‘पीर’ गीत सार्वजनिक गरेका छन्। यो गीत परिवर्तनका लागि लड्नेहरु जसले युद्ध त लडे तर आफ्नो अवस्था परिवर्तन गर्न सकेनन्,उनीहरुको लडाइँ ‘दुई छाक’ खाना र सामान्य जनजीवनको संघर्षमा कसरी सीमित रहिरह्यो भन्नेमा केन्द्रित रहेको छ। सन् २००७ मा संयुक्त राष्ट्रसंघले गरेको माओवादी लडाकु प्रमाणीकरणका क्रममा झण्डै ४ हजार जनालाई अयोग्य घोषित गरिएको थियो। जसमध्ये झण्डै ३ हजार जना नाबालिग ठहरिएका थिए। पुन:स्थापित गराइने अयोग्य माओवादी लडाकुहरुको ६४ प्रकारका व्यवसायिक तालिमहरु लिन पाउने प्रस्ताव पनि राष्ट्रसंघीय कार्ययोजनामा गरिएको थियो। युद्धमा होमिएका लडाकुहरु युद्धबिरामपछि नकारात्मक असर भोगिरहेको कुरालाई…

अष्ट्रेलियामा २७ लाखमा बिक्यो ‘चिसो एष्ट्रे’

प्रदर्शनको संघारमा रहेको फिल्म ‘चिसो एष्ट्रे’को अष्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ। निर्माण कम्पनी कंगारु क्रिएसन र लोकल सिनेमाले अष्ट्रेलियाको कमेरो इभेन्ट्सलाई फिल्म प्रदर्शन अधिकार बिक्री गरेको जनाएका छन्। कंगारु क्रिएसनका प्रमुख तथा ‘चिसो एष्ट्रे’ फिल्मका निर्माता महेशबाबु तिमिल्सिनाले कमेरोले ३० हजार अष्ट्रेलियन डलरमा प्रदर्शन अधिकार लिएको जनाएका छन्। अहिलेको चलिरहेको अष्ट्रेलियन डलरलाई नेपाली रुपैयाँमा रुपान्तरण गर्दा यो २७ लाख बराबर हुन आउँछ। कमेरोका सुरज सुवेदी र निर्माता महेशबीच फिल्म प्रदर्शन गर्ने सम्बन्धमा औपचारिक सम्झौतासमेत सम्पन्न भइसकेको छ। ‘अष्ट्रेलियामा निरन्तर कार्यक्रमहरू गरिरहने कमेरो इभेन्ट्ससँग हाम्रो फिल्म पनि चलाउने सम्झौता भएको…

महानायक राजेश हमालको काठमाडौंको मेयर हुने इच्छा !

काठमाण्डौं । महानायक राजेश हमाल काठमाडाैँ शहरकाे मेयर बन्न इच्छुक देखिएका छन् । उनले बुधबार आफ्नो आधिकारीक युट्युब च्यानलमा ‘अ डे विथ राजेश हमाल’ नामक भ्लगको ट्रेलर हालेका छन् । साेही भिडियाेमा उनले मेयर बन्ने इच्छा देखाएका छन् । शहरलाई शुन्दर बनाउन कसैको ध्यान नमोडिएको अवस्थामा उनलाई आफू मेयर बनी शहर सजाउन मन लागेको छ । भिडियाेमा उनले भनेका छन्, “शहरलाई चाहीँ नी खै ब्युटीफाई गर्ने कुरामा कसैको ध्यान गएन । भाषणमा चाँही भनिरहेका हुन्छन् प्राक्टिकल्ली गर्ने सोच नपुगेर होकी ढङ्ग नपुगेर होकी । एकचोटी काठमाडौँ शहरको मेयर बन्नुपर्छ की…

नेपाली ढाका टोपीमा चिटिक्क परेका अमिताभ सहित यि चर्चित बलिउड अभिनेताहरू

काठमाडौं– बलिउड अभिनेता अमिताभ बच्चनले आफ्नो आगामी फिल्मको छायांकनमा नेपाली ढाका टोपी लगाएको तस्बिर अहिले चर्चामा आएको छ। बच्चनले नेपालमा समेत छायांकन भएको मित्रताको कथा बोक्ने फिल्म ‘उचाईं’को छायांकनको क्रममा नेपाली ढाका टोपी लगाएका थिए। अहिले उक्त तस्बिर निकै चर्चामा छ। अभिनेता बच्चनले आफ्नो सामाजिक सञ्जालमार्फत आइतबार राती उक्त तस्बिर सेयर गरेका थिए। उनले तस्बिरमा ‘केटीको केटीको’ क्याप्सन राख्दै तस्बिर सार्वजनिक गरेका थिए। उक्त तस्बिर हाल भारतको उत्तराखण्डमा छायांकन भइरहेको बलिउड फिल्म ‘उचाइ’को छायांकनको क्रममा लिइएको हो। बच्चनको उक्त तस्बिरलाई नेपाली दर्शक तथा उनका प्रशंसकहरुले निकै रुचाएका छन्। ‘उचाइ’ सुरज…

के युद्ध बानियाँको प्रेममा छिन् अभिनेत्री पूजा शर्मा ?

काठमाण्डौं । अभिनेत्री पूजा शर्मा बेलाबेलामा प्रेमका कारणले समेत चर्चामा छाउने गरेकी छन् । पछिल्लो समय युद्ध बानियाँसँगको उनको प्रेमको विषय मिडियामा समाचार बन्न थालेको छ । केही दिन अगाडि सामाजिक सञ्जालमा युद्ध बानियाँ सँगको तस्बिर सार्वजनिक गर्दै उनले लेखेकी छन् ‘तपाई हुनुहुन्छ ।’ पोष्टको अन्त्यमा उनले प्रेमको प्रतिक समेत राखेकी छन् । उनको पोष्टमा दुबैलाई सबैले बधाई दिइरहेका छन् । उनको पोष्टलाई कतिपय मिडियाले ‘पूजाले सार्वजनिक गरिन् प्रेमी’ शीर्षकका समाचार समेत बनाएका छन् । मिडियामा छाएका यस्ता समाचारमा उनी मौन छिन् । उनी र युद्धसँगका विवाह हल्ला समेत चलिरहेको…

पल र अकाशसँग नाम जोडिने गरेकी अभिनेत्री पूजा शर्माले खुलाइन् आफ्नो प्रेमी

काठमाडौं । नायिका पूजा शर्माले आफ्नो प्रेमी सार्वजनिक गरेकी छन् । कहिले पल शाह त कहिले अकाश श्रेष्ठसँग नाम जोडिदै आएकी पूजाले सामाजिक संजाल फेशबुकमा आफ्नो प्रेमी सार्वजनिक गरेकी हुन् । फेसबुकमा प्रेमीसँगको तस्बीर राख्दै भनेकी छन् – ‘यू आर द वान लभ’ उनको प्रेमी युद्ध बानियासँग रहेको खुलेको छ । जो एक व्यवसायी हुन् । पूजा र युद्धको प्रेम सम्बन्धबारे एक वर्षदेखि चर्चा चलेपनि औपचारिक रुपमा भने बाहिर आएको थिएन । यद्यपि पूजाले पछिल्लो समय घरमा बिहेको कुरा चल्दै आएको भन्दै युद्धसँगको सम्बन्धबारे खुलाउने गरेकी थिइन् । पूजाले चलचित्र…