जापानमा २०१९ पछि पहिलो पटक ३ जनालाई दिइयो मृ’त्युद’ण्ड

एजेन्सी । जापानमा २०१९ पछि पहिलो पटक ३ जनालाई मृ’त्युद’ण्ड दिइएको छ । जापानले मङ्गलबार मृ’त्युद’ण्डको सजाय पाएका तीन जना व्यक्तिलाई मृ’त्युद’ण्ड दिएको हो । यो नै नवनिर्वाचित प्रधानमन्त्री फुमियो किशिदाको सरकारले लिएको मृ’त्युद’ण्डको पहिलो सजाय भएको क्योडो समाचार एजेन्सीले जनाएको छ । ती व्यक्तिहरूमा सन् २००४ मा ह्योगो प्रिफेक्चरमा आफ्ना सात आफन्तको ह’त्या गर्ने ६५ वर्षीय यासुताका फुजिशिरो र सन् २००३ मा गुन्मा प्रिफेक्चरमा पचिन्को पार्लरका दुई कर्मचारीको ह’त्या गरेको अभियोग मा दो’षी ठहर भएका ५४ वर्षीय टोमोआकी ताकानेजावा र ४४ वर्षीय मित्सुनोरी ओनोगावा रहेका छन् । यस अघि…

१२ दिनको अन्तरिक्ष यात्रापछि फर्किए जापानका अर्बपति, भन्छन् : अन्तरिक्षमा पिसाब फेर्न साह्रै सजिलो !

जापानी अर्बपति युसाकु माइजावा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा १२ दिन बिताएपछि सोमबार पृथ्वीमा फर्किएको रुसी अन्तरिक्ष एजेन्सी रोस्कोसमोसले जनाएको छ । माइजावा एक फेसन टाइकुन हुन् जसले आफ्नो अनलाइन फेसन व्यवसाय जोजोलाई २०१९ मा सफ्टबैंकलाई बेचेका थिए। फोर्ब्सले उनको सम्पत्ति एक अर्ब ९० करोड अमेरिकी डलर रहेको अनुमान गरेको छ । यात्रा कस्तो रह्यो ? माइजावाले आफ्ना सहायक तथा चलचित्र निर्माता योजो हिरानो र रुसी अन्तरिक्ष यात्री अलेक्जेण्डर मिसुरकिनका साथमा ग्रिनविच मिन टाइमअनुसार ०३१३ को योजनाबद्ध समयमा कजाकिस्तानको मैदानमा प्यारासुट गरेका थिए । अवतरणस्थल मध्य कजाकिस्तानको चेकाग्जानको १५० किलोमिटर दक्षिणपूर्वमा अवस्थित…

जापानी जुम्ल्याहा दिदीबहिनीले राखे विश्व कीर्तिमान

टोक्यो,(एजेन्सी) । गिनिज वल्र्ड रेकर्ड्सले दुईजना जापानी दिदीबहिनीलाई विश्वकै सबैभन्दा बढी उमेरका जुम्ल्याहाको प्रमाणपत्र प्रदान गरेको छ । तिनीहरूको उमेर १ सय ७ वर्ष र ३ सय दिन रहेको छ । उमेनो सुमियामा र कोयुमी कोदामाले यसअघि स्वर्गीय जापानी जुम्ल्याहा दिदीबहिनी किन नारिता र जिन कानीको कीर्तिमान तोड्न सफल भएका हुन् । निकै सामाजिक बताइएका उमेनो र कोयुमिको जन्म सन् १९१३ को ५ नोभेम्बरमा सोदोसिमा टापुमा भएको थियो । वृद्धवृद्धा दिवसलाई सम्मान प्रकट गर्ने उद्देश्यले सोमबार ती दिदी बहिनीलाई सो प्रमाणपत्र प्रदान गरिएको थियो । कोभिड १९ बाट जोगिनका लागि…

जापानले यि ५ क्षेत्रमा सङ्कटकाल जारी राख्ने !

एजेन्सी । जापानी सरकारले टोकियो सहरसहितका पाँच प्रशासनिक केन्द्र (प्रिफेक्चर) मा कोभिड–१९ नियन्त्रणका लागि जारी सङ्कटकाललाई लम्ब्याउन निर्णय गरेको जापानको राष्ट्रिय पत्रिका असाहीले जापानी अधिकारीलाई उद्धृत गर्दै जानकारी गराएको छ । जापानले मङ्गलबारदेखि थप तीन प्रिफेक्चरमा महामारी नियन्त्रणका लागि भन्दै सङकटकाल घोषणा गरेको हो । यद्यपि यस निर्णयलाई मंगलबार विज्ञपरिषद्सँगको परामर्शपछि सरकारी कोरोनाभाइरस प्रतिरोधका लागि गठित निकायको बैठकमार्फत् औपचारिकता दिइने बताइएको छ । कोभिड–१९ सङ्क्रमणका घटनामा हालै देखिएको वृद्धि रोक्नको लागि सरकारले मङ्गलबारदेखि टोकियो, ओकिनावा, साइतामा, चिबा, कानागावा, ओसाकाका प्रिफेक्चरमा सेप्टेम्बर १५ सम्मका लागि सङ्कटकाल अवधि लम्ब्याउने बताएको असाहीले आफ्नो…

जापानमा भारी वर्षा: २० लाख मानिसलाई सुरक्षित स्थानमा जान अपिल

जापानमा भारी वर्षाका कारण झण्डै २० लाख मानिसलाई घर छोडेर सुरक्षित स्थानमा जान भनिएको छ। फुकुओका र हिरोशिमासहितका क्षेत्रमा भारी वर्षाका कारण जोखिम आउन सक्ने भन्दै सुरक्षित स्थानमा जान अपिल गरिएको छ। लगातारको वर्षासँगै आएको पहिरोका कारण घर भत्किँदा नागासाकीमा एक महिलाको मृत्यु भएको छ। उनका श्रीमान र छोरी बेपत्ता भएका छन्। उद्धार तथा राहतका लागि १५० भन्दा बढी सुरक्षाकर्मी, प्रहरी तथा अग्निनियन्त्रक खटिएका छन्। बेपत्ताहरुको खोजी तथा उद्धारसँगै सम्भावित लेदोसहितको पहिरोलाई लिएर चनाखो रहेको स्थानीय अधिकारीले बताएको समाचार संस्था एएफपीले जनाएको छ। जापानको पश्चिमी क्षेत्र भारी वर्षाका कारण प्रभावित…

जापानका थप चार क्षेत्रमा पनि संकटकालको घोषणा

एजेन्सी । ओलम्पिक खेलकूद प्रतियोगिता सञ्चालन भइरहेको जापानका अरु चार क्षेत्रमा पनि संकटकाल घोषणा गरिएको छ । यसअघि टोकियो र ओकिनावामा संकटकाल लागू हुँदै आएकामा चिबा, कानागावा, सैतामा र ओसाकामा पनि संकटकाल लगाइएको हो । कोरोना भाइरसको महामारी फैलिँदै गएकाले महामारी न्यूनीकरणका लागि संकटकाल लगाउनुपरेको अधिकारीहरुले जनाएका छन् । टोकियोबाट नजिकै रहेको क्षेत्रमा संकटकाल लगाइएको हो । संकटकाल यही अगस्ट ३१ सम्म लागू हुने जनाइएको छ । टोकियो र ओकिनावामा लगाइएको संकटकाल पनि अगस्ट ३१ सम्मका लागि तय गरिएको छ । जापान सरकारले सङ्कटकालसँगै महामारी नियन्त्रणका लागि अन्य व्यवस्थामा पनि…

जापानको होक्काइडोमा शक्तिशाली भूकम्प

टोकियो । जापानको होक्काइडो प्रिफेक्चरमा आइतबार ६.१ म्याग्निच्यूडको भूकम्प गएको जापानी मौसम विज्ञान विभाग (जेएमए) ले जनाएको छ । जमिनको सतहभन्दा करिब ६० किमि गहिराईमा रहेको उक्त भूकम्प स्थानीय समय अनुसार आइतबार दिउँसो १२ बजेर २४ मिनेटमा गएको थियो । भूकम्प त्यति शक्तिशाली नभएको भन्दै सुनामीको चेतावनी नदिइएको विभागले जनाएको छ ।

जापानले लगायो नेपाली नागरिकलाई प्रवेश रोक

जापान/दक्षिण एसियामा कोभिड-१९ संक्रमण र मृ’त्‍युदर बढेपछि जापानले नेपालबाट आफ्नो मुलुकतर्फ आउने यात्रुलाई प्रवेशमा रोक लगाएकाे छ । जापानले यस क्षेत्रबाट नेपाल, भारत र पाकिस्तानबाट आउने यात्रुका रोक लगाउने भएको हो । कोभिडको बढ्दो जोखिम निन्त्रणका लागि जापान सरकारले प्रश रोक लगाउन लागेको जापानी मिडियाले समाचार लेखेका छन् नेपाल भारत र पाकिस्तानमा १४ दिन भन्दा बढि बसेका बिदेशी जापान प्रवेश गर्न पाउने छैनन् । जापानी नागरिकले भने प्रवेश पाउनेछन् ।तर उनीहरुले जापान सरकारले तय गरेकाे क्‍वारेन्टिनमा बस्‍नुपर्ने हुन्छ । यो नियम १४ तारिकदेखि लागू हुनेगरी जापानी संचार माध्यम एनएचकेले खबर…

जापानमा उपचारमा ला’परबाही गरेको भन्दै एक नेपालीले मागे जापान सरकारसँग ३८ लाख येन क्षतिपूर्ति

टोकियो। जापानको नागासाकीस्थित ओमुरा अध्यागमन केन्द्रको हि’रासतमा रहँदा पर्याप्त उपचार सेवा नपाएको र घर फर्काइएको भन्दै क्षतिपूर्ति माग गर्दै एक नेपालीले जापानमा मु’द्दा हालेका छन्। ती नेपालीलाई २०१९ अप्रिल महिनामा सुविधा केन्द्रमा फुटबल खेलिरहेको अवस्थामा अर्का खेलाडीसँग खुट्टा जुध्दा चोट लागेको थियो। सोही समय उनले अस्पताल लगिदिन माग गरे पनि एक हप्तापछि मात्रै अस्पताल लगिएको थियो। मु’द्दाको पहिलो मौखिक बहस नागासाकी जिल्ला अदालतमा सोमबा भएको छ। अवै’ध अध्यागमनका कारण २०१९ जनवरीमा प’क्राउ परेका र शरणार्थी मान्यताका लागि आवेदन गरेका ३८ वर्षीय नेपाली रहेको बताइएको छ। जापानी संचारमाध्यममा प्रकाशित समाचारमा उनको…

जापानको नागोयामा नेपाली युवाद्वारा आ’त्मह’त्या

जापान  टोकियो । जापानको नागोयामा नेपाली युवाद्वारा आ’त्मह’त्या : जापानमा रोजगारीको सिलसिलमा रहेका एक नेपाली युवाले आ’त्मह’त्या गरेका छन । विगत ८ वर्षदेखि जापानको आइचीकेन खासुगाइ शहरमा बस्दै आएका बागलुङ ग्वालीचौर घर भएका युवाले आ’त्मह’त्या गरेका हुन ।प्राप्त जानकारी अनुसार श्रीमती सहित जापानमा बस्दै आएका ३७ वर्षिय मधु आचार्यले सोमबार राति आ’त्मह’त्या गरेको बताइन्छ । आचार्य कुक पेशामा काम गर्दै आएका थिए । पारिवारिक मतभेदका कारण गत बेग्लाबेग्लै बस्दै आएका आचार्यले गत शनिबार श्रीमतीसँग वार्तालाप गरेको बताइएको छ ।आफ्नै कोठामा चुकुल लगाएको अवस्थामा आचार्य झुण्डिएको अवस्थामा मृ’त भेटिएको प्रहरीले बताएको…