हेर्नुहोस यस्तो छ आजको विदेशी विनिमय दर

११ असोज २०७८, काठमाडौँ/ नेपाल राष्ट्र बैंकले आज सोमबार लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलरको मूल्य एकको खरिददर ११७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११८ रुपैयाँ २२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ९१ पैसा र बिक्रीदर १६१ रुपैयाँ ७१ पैसा रहेको छ ।यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ८० पैसा र बिक्रीदर १३८ रुपैयाँ ५१ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३० पैसा र बिक्रीदर ३२ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले…

हाइड्रो कम्पनीहरूको सेयर निष्कासन, बिक्री र बोनसका लागि नयाँ नियम

हाइड्रो कम्पनीहरुलाई सेयर निष्कासन, बिक्री र बोनस लगायतका लागि सरकारले नयाँ नियम ल्याएको छ । विद्युत नियमन आयोगले ‘विद्युतसम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका, २०७८ मा विभिन्न नयाँ व्यवस्था गरेको हो । नयाँ व्यवस्था अनुसार विद्युतसम्बन्धी कम्पनीले आफुसंग भएको शेयर बिक्री गर्नु परे १५ दिन अगावै सार्वजनिक सूचना जारी गर्नु पर्ने भएको छ । आयोगको असोज ६ गतेको बैठकले स्वीकृत गरेको निर्देशिका अनुसार सूचीकृत कम्पनीको शेयरधनी मध्ये कुनै शेयरधनी संगठित संस्था भएमा त्यस्तो संगठित संस्थाले आफुसंग रहेको शेयर खरिदबिक्री गर्नु पर्दा पन्ध्र दिन अगावै सोको विवरण सर्वसाधारणको…

मानुषी लघुवित्तको आईपीओ नेप्सेमा सूचिकृत, ओपनिङ्ग रेञ्ज कति ?

काठमाण्डौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (आइतबार) मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे छ । स्टकका अनुसार संस्थाकाे १० लाख ९३ हजार ७ सय ५० कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएकाे हाे । नेप्सेले संस्थाकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १३२ रुपैयाँ ६९ पैसादेखि अधिकतम ३९८ रुपैयाँ ०७ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । संस्थाले दाेश्राे बजारमा काराेबारका लागि MLBS सिम्बाेल पाएकाे छ । अब भाेलि साेमबारबाट दाेश्राे बजारमा काराेबार सुरू हुनेछ । संस्थाले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म प्रतिकित्ता…

कमजोर बन्दै डलर, बलियो बन्दै नेपाली रुपैयाँ

८ असोज, काठमाण्डौं । तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ०.५ प्रतिशतले अधिमूल्यन भएको बैंकले जनाएको हो । बिहीबार चालू आर्थिक वर्षको पहिलो महिनाको वित्तीय विवरण सार्वजनिक गर्दै बैंकले यस्तो बताएको हो । त्यसो त, यस्तो अघिल्लो वर्षको सोही अवधिमा यस्तो अधिमूल्य डलरको तुलनामा नेपाली रुपैयाँ अधिकतम ०.७ प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ । २०७८ साउन मसान्तमा अमेरिकी डलर एक को खरिद विनिमय दर रु.११८.५० पुगेको छ ।…

यो साता नेप्सेमा ८ कम्पनीको शेयर सूचिकृत, कुनको कति ?

काठमाडौं -यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ८ कम्पनीको शेयर सूचिकृत भएको छ । जसमा एशिया ग्रोथ फण्ड, एनआईसी एशिया ब्यालेन्सड् फण्ड, एनआईसी एशिया ऋणपत्र, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, नेरुडे लघुवित्त वित्तीय संस्था, ग्लोबल आइएमई बैंक, एक्सेल डेभलपमेन्ट बैंक र सानिमा इक्विटी फण्डको शेयर सूचिकृत भएको हो । १. एशिया ग्रोथ फण्ड एनआईसी एशिया क्यापिटलद्धारा संचालित एशिया ग्रोथ फण्डको इकाई मूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ । एनआईसी एशिया ग्रोथ फण्डले इकाई धनीहरुलाई समान ३० प्रतिशत (कर सहित) का दरले प्रतिफल बितरण गर्ने घोषणा गरेको…

यस्तो छ आजको अमेरिकी, अस्ट्रेलियन डलरको मुद्राभाउ

काठमाडौँ/ नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ३१ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९१ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६३ रुपैयाँ २० पैसा रहेको छ । त्यसैगरी अस्ट्रेलियन डलरको एकको खरिददर ८६ रूपैयाँ २९ पैसा र विक्रिदर ८६ रूपैयाँ ७३ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ६० पैसा र बिक्रीदर १३९ रुपैयाँ ३१ पैसा रहेको छ । कतारी रियाल एकको…

बाँडफाँड भयो तेह्रथुम पावर कम्पनीको आईपीओ, पर्‍यो त तपाईंलाई ?

काठमाण्डौं । तेह्रथुम पावर कम्पनीको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड भएको छ । शुक्रबार ७४ हजार ४०० जनालाई गोलाप्रथाबाट १० कित्ता शेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटले जनाएको छ । यससँगै आईपीओमा आवेदन गरेका ८ हजार ८२० वटा आवेदन रद्ध भएको छ । कम्पनीले भदौ ९ गते देखि १३ गतेसम्म खुला गरेको शेयरमा २३ लाख ५५ हजार ४४७ आवेदन परेको थियो । त्यसमध्ये ८ हजार ८२० वटा आवेदन रद्ध भएको हो । २३ लाख ४६ हजार ६२७ वटा आवेदन योग्य भएका थिए । आईपीओ खरीदका लागि सर्वसाधारणबाट माग भएको…

तेह्रथुम पावर कम्पनीको आईपीओ बाँडफाँट हुदै…

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले निष्काशनमा ल्याएको आईपीओ शुक्रबार बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलका अनुसार शुक्रबार बिहान शेयर बाँडफाँट हुने भएको हो । मंगलबार प्रिअलोटमेन्ट सकिएपछि कम्पनीको शेयर बाँडफाँट शुक्रबार गर्ने तयारी भएको एनआईविएल एस क्यापिटलले जनाएको छ । कम्पनीले भदौ ९ गते देखि १३ गतेसम्म ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो । कम्पनीले बिक्रीमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर…

सामलिङ पावरको आईपीओ आजदेखि बिक्री खुला, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

काठमाडौं। सामलिङ पावर कम्पनीको आज (शुक्रबार) बाट आइपीओ बिक्री खुला भएको छ । यो अघि कम्पनीले आयोजना प्रभावितका लागि साउन २२ गतेदेखि आइपीओ बिक्री खुला गर्ने जनाएकोमा निषेधाज्ञाका कारण स्थगित भएको थियो । यस कम्पनीले इलाम जिल्लाका आयोजना प्रभावितका लागि कुल ५ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । जसमध्ये अति प्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नं ४ र ५ का स्थानीय बासिन्दालाई ४० प्रतिशत अर्थात २ लाख कित्ता सेयर छुट्याइएको छ । बाँकी ६० प्रतिशत अर्थात ३ लाख कित्ता भने…

नेप्सेमा सूचीकृत भयो सानिमा लाइफको शेयर, ओपनिङ्ग रेन्ज कति ?

काठमाण्डौं । सानिमा लाइफ इन्स्योरेन्स (SLI) को शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको ६० लाख कित्ता आईपीओ सहित २ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले न्युनतम १०३ रुपैयाँ १७ पैसा देखि ३०९ रुपैयाँ ५१ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । त्यस अनुसार बिहीबार देखि कम्पनीको शेयर दोस्रो बजारमा कारोबार खुल्नेछ । नेप्सेले कम्पनीको शेयरलाई एसएलआई कारोबार संकेत प्रदान गरेको छ । उक्त कारोबार संकेतमा कम्पनीको शेयर कारोबार हुनेछ । कम्पनीले साउन २० गते देखि…