सन्तोष पन्तको खब पूलाई व्यंग्य: हिमेश पन्तले १५ लाख दिए मैले विजेता बनाइदिए ! भिडियो सहित

काठमाडौ । कमेडी च्या म्पियन को विजेता हिमेशपन्त भए संगै खड्गबहादुर पून का समर्थक हरुले विरोध जनाएका थिए । यहि विषयमा उक्तशोका निर्माता देखि जज हरुले स्पष्टि करण दिंदै आएका छन् ।यहि विषयमा शोका एक जज सन्तोष पन्तले खुलेर भनेका थिएकि हिमेश पन्तले १० लाख भोटले खब पूलाई जितेका हुन् । आज सन्तोष पन्तले क्यानाडा नेपालसंग कुराकानीमा खबपू माथि व्यंग्य गर्दै भने, “हो मैले पन्त पन्त भनेर हिमेशलाई जिताएको हुँ । अब हिमेशले मलाई १५ लाख दिन्छ र आफु १० लाख राख्छ । अब मैले यो भन्दा कसले पत्याउँछ ?…

“कमेडी च्याम्पियन” हिमेस पन्तले पाए यस्तो गाडी, मूल्य कति?

काठमाडौँ / नेपालकै पहिलो स्ट्यान्ड अप कमेडी रियालिटी सो “कमेडी च्याम्पियन” को उपाधि धादिङका हिमेस पन्तले जितेका हुन् । गत शनिवार च्यासल स्थित कमेडी च्याम्पियनकै स्टुडियोबाट विजेता घोषणा गरिएको हो । फाइनलमा पुगेका ३ प्रतिस्पर्धी मध्य सर्वाधिक भोट ल्याउँदै पन्तले उपाधि चुमेका हुन् । हिमेस पन्त सँगै इटहरीका सुमन कोइराला र रोल्पाका खड्ग बहादुर पुन फाइनलमा पुगेका थिए । नेपालमा ड्याट्सन तथा निशान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्प प्रालिले कमेडी च्याम्पियन सिजन १ का विजेता हिमेश पन्तलाई ड्याटसन रेडी गो १.० एल गाडी हस्तान्तरण गरेको छ । पायोनियर मोटोकर्पका सहायक…

आँचलको विवाहमा नदेखिएका पललाइ फ्यानको प्रश्नः बिहे भोज खान छाडेर कता घुमेको हिरो ?

काठमाडौँ – नायिका आँचल शर्माको विवाह पक्का पक्की भएदेखि नै नायक पल शाहले आँचलको सङ्गत चटक्कै छाडे । कुनै समय यी दुई प्रेममा रहेको चर्चाका बिच निकै नजिकका मिल्ने साथी बताउँथे एकले अर्कालाई । तर आफ्नो जीवनमा आँचलले डाक्टर प्रेमी उदिप श्रेष्ठसँगका सपनाहरू देख्न थालेपछि पलले आँचललाई सामाजिक सञ्जालबाट मात्रै हटाएनन् उनको विवाहका कुनै पनि गतिविधिमा पल देखिएनन् । र नायक पल शाहलाई नाई नभन्नु ल, शत्रुगते, जोनी जेन्टलमेनमा, दाल भात तरकारीमा एकै साथ पर्दामा देखेका धेरै दर्शकले वास्तविक जीवनमा पनि एकैसाथ देख्न खोजेको चर्चा लामो समय चल्यो । उनीहरुले…

के प्रभास र अनुष्का अफेयरमा छन्? अफेयर बारे अनुष्का दिइन यस्तो जवाफ…

३ चैत २०७६, सोमवार, एजेन्सी– बाहुबली फिल्मका दुई स्टार अनुष्का शेट्टी र प्रभासको जोडीबारे अहिले पनि बलिउडमा चर्चा भइरहेको हुन्छ । उनीहरूका फ्यानले पनि यो जोडीको विषयमा बारम्बार सोधखोज गरिरहेका हुन्छन् । रिल लाइफमा जोडी बनेका यी दुई के रियल लाइफमा पनि अफेयरमा छन् त ? यसबारे यी दुवैले मुख खोलेका छैनन् ।प्रभास र अनुष्काले बारम्बार यस विषयमा आफूहरू नजिकको मिल्ने साथी मात्र भएको प्रस्ट पारिसकेका छन्। तर अनुष्काले एउटा अन्तर्वार्तामा भनेकी छिन्, ‘म प्रभासलाई १५ वर्षदेखि चिन्छु, उनी मेरा अत्यन्त मिल्ने साथी हुन् । हाम्रो दोस्ती कस्तो छ भने…

छोरा आयान्स सँग रमाउँदै नायक आर्यन सिक्देल…

०२ चैत्र २०७६, काठमाडौँ । शनिवार हायात होटेलमा आयोजित आँचल शर्मा र उदिप श्रेष्ठको रिसेप्सन पार्टीमा आर्यन सिग्देल आफ्नो सब परिवार सहित उपस्थित भएका थिए । आर्यन केही समय देखि परिवारसँग नै समय बिताइरहेका थिए । तर उनले ११ महिनाका छोरा आयान्सलाई लिएर कहिले पनि मिडियामा आएका थिए । शनिवार आर्यन श्रीमती सपना र छोरा आयान्ससँग रिसेप्सन पार्टीमा निकै राम्रो भएर गएका थिए । पार्टीभरि उनले छोरा आयान्सलाई बोकिरहेका थिए । छोरासँग आर्यन निकै नै खुसी देखिएका थिए । उनका छोरा निकै नै क्युट देखिएका थिए । रातो सारीमा सपना…

‘द लिडर’ रियालिटी शोमा मिस नेपाल शृङ्खला खतिवडा निर्णायक

१ चैत २०७६, शनिवार, काठमान्डौ / चर्चित कार्यक्रम सिधा कुरा जनता सँगका  कार्यक्रम प्रस्तोता रवि लामिछानेले केही समय अघि रियालिटी सो ‘द लिडर’को घोषणा गरेका थिए । न्युज २४ टेलिभिजन बाट प्रसारण हुने यो कार्यक्रमको निर्णायकका रूपमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, रवीन्द्र मिश्र, प्रदीप गिरी, प्रदीप नेपाल रहेको जानकारी दिइएकी थियो ।उनीहरू सँगै कार्यक्रमको निर्णायक को रूपमा पूर्व मिस नेपाल शृङ्खला खतिवडा पनि रहने भएकी छिन् ।साथै अडिसन जजको रूपमा रमेश खरेल र शृङ्खला खतिवडा रहने पक्का भएको छ । शोको पहिलो अडिसन चितवनबाट सुरु हुन्छ…

विवाह पछि आयूष्मानले आफ्नो थर बदल्दै लेखे ‘कार्की’ !

काठमाडौँ । नायिका प्रियङ्का कार्की र नायक आयुष्मान् देशराज जोशी फागुन १५ गते विवाह गरेका थिए । नायिका प्रियङ्काले विवाह पछि आफ्नो थरमा देशराज श्रेष्ठ थपेकी छिन् । त्यस्तै आयुष्मानले पनि आफ्नो थरमा कार्की थपेका छन् । उनीहरूले आफ्नो इन्स्टाग्राममा नाम थप्दै राखेका छन् । सामाजिक परम्परा अनुसार छोरी मान्छेले विवाह गरेपछि श्रीमान्को थर अपनाउँछन् । तर आयुष्मानले आफ्नो थरमा प्रियंकाको थर थपेका छन् । उनले बुवातर्फको थर जोशीसँगै मावली हजुरबुवाको थर देशराज र मावलीतर्फकै हजुरआमाको थर श्रेष्ठ तथा पत्नी प्रियंकाको थर कार्की जोडेर आयुष्मान् देशराज श्रेष्ठ कार्की (डीएसके) जोशी…

अभिनेत्री आँचल शर्माले गरिन धुमधाम सँग विवाह (तस्बिर सहित)

२९ फागुन २०७६, बिहिवार, काठमाडौँ अभिनेत्री आँचल शर्मा आज विवाह बन्धनमा बाँधिएकी छिन् । प्रेम सम्बन्धमा रहेको केही समय पश्चात् आँचलले प्रेमी उदिप श्रेष्ठसँग लगनगाँठो कसेकी हुन् । आज पारिवारिक माहौल बिच आँचलको विवाह सम्पन्न भएको छ । बुढानीलकण्ठ स्थित पार्क भिलेजमा विवाह सम्पन्न भएको हो । आँचल शर्माले आफन्त, साथीभाइ र सिमित चलचित्रकर्मीलाई मात्र विवाहमा निम्त्याएकी छिन् । शनिवार भने भव्य रिसेप्सन पार्टी आयोजना गर्दै छिन् । आँचल शर्माका श्रीमान् पेसाले मेडिकल डाक्टर हुन् । केही वर्ष देखिको चिनजान पश्चात प्रेममा परेका यो जोडी आज विवाह बन्धनमा बाँधिएका हुन्…

भोली विबाह बन्धनमा बाँधिदै आँचल शर्मा, सार्वजनिक गरिन् प्रेमी उदिपसँगका तस्विरहरू (फोटो फिचर)

काठमाडौँ, फागुन २८ । पछिल्लो समयकी लोकप्रिय नायिका हुन् आँचल शर्मा । भोलि अर्थात् फागुन २९ गते प्रेमी उद्दीप श्रेष्ठसँग विवाह बन्धनमा बाँधिन लागेकी आँचलले सङ्गीतका लागि निमन्त्रण कार्ड नै बाँडेर आफन्त, कलाकार र सञ्चार कर्मीका माझ मनाइन् । आँचलले आफन्त, चलचित्र कर्मी, पत्रकार लगायतलाई विवाह, र रिसेप्सन पार्टीका लागि निमन्त्रण कार्ड बाँडिरहेकी छन् । उनले फागुन २५ गते सङ्गीत कार्यक्रम सम्पन्न गरिसकिन् भने २९ गते वैवाहिक कार्यक्रम र चैत १ गते रिसेप्सन पार्टीको आयोजना गरेकी छिन् । लामो समय देखी उदिपको प्रेममा रहेकी आँचलको प्रेम र बिहेको कुराले लामो…

गायक पशुपति शर्माले ल्याए करोनाभा’इरस वि’रुद्धको जनचेतना मूलक गीत (भिडियो)

काठमाडौँ । कोरोनाभा’इसको महामारीबाट विश्वभरका जनताहरू आं’तकित बनेका छन् । नेपालमा पनि यो भाइरस भित्रन सक्ने भन्दै विभिन्न निकायबाट विभिन्न कार्यहरू गरिँदै आएका छन् । यसैबिच कलाकारहरू पनि यो भा’इरसबाट जोगिनका लागि विविध जनचेतनामूलक सन्देश फैलाउने कार्यमा लागि परेका छन् । चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको सहकार्यमा सन्देशमूलक गीत बजारमा ल्याएका छन् । गायक शर्माको परिवारले अभिनय गरेको उक्त भिडियोले कोरोना भा’ईरसको सं’क्रमणबाट जोगिनका लागि गर्नुपर्ने यावत कुराहरुको बारेमा चर्चा गरिएको छ । २ मिनेट लामो उक्त भिडियोमा भा’इरसबाट सचेत हुनुपर्ने भन्दै…