पोखराका एक किसानले भालेको मुल्य २ लाख पाउँदा पनी किन बिक्री गरेनन् ?

एउटा कुखराको भालेको मुल्य कति पर्ला ? बढीमा १० हजार ? तर पोखराका एक किसानको फर्ममा भएको भालेको मुल्य २ लाख पाउँदा पनी उनले बिक्री गरेनन् । १५ बर्ष बुढो भाले बार्षिक २० लाख भन्दा बढी आम्दानी गराईदिन्छ कृषकलाई । भालेको मुल्य सुनेर त तपाई छक्क पर्नु भयो होला अर्को कुरा सुनेर झन छक्क पर्नुहुनेछ । २ लाख पाउँदा नबेच्ने भालेले सबै कुखुरा बोलाएर भाषण दिन सम्म सक्छ । पोल्टीफर्मका संचालक राजेन्द्र अधिकारी भन्दै थिए, यो भालेले मानिसको इसारा बुझ्छ र अरु कुखुरा बोलाएर मानिसको कुरा सम्प्रेषण गर्छ । यो…

मन्त्री बीना मगरलाइ छोरा खेलाउन फुर्सद छैन…..सिरानीको तस्वीर देखाउँदै ‘बाबुले बाबा-बाबा’ भन्छ

काठमाडौँ – बालकुमारीमा स्थापना हुने फोहर पानी प्रशोधन केन्द्रको शिलान्यासको तयारीको कुरा चलिरहेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीबाट बिहीबार शिलान्यास हुने सो कार्यक्रमबारे बुधबार आफ्ना सचिवालयका कर्मचारीलाई निम्तोपत्र के कति पुग्यो भनेर खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले सोध्दै गर्दा छोरा प्रणव दाहाल मन्त्रीको कुर्सी नजिकको बिजुलीको ‘प्लग’ चलाउन पुगे । कार्यकक्षमा रहेका एक आगन्तुकले ‘मन्त्रीज्यू, बाबुलाई करेन्ट लाग्ला…’ भनेपछि मन्त्री मगर छोरा समात्न पुग्नुभयो । ‘कति चकचक गरेको ? यता आउनुस्’ भन्दै मगरले प्रणवलाई बोक्न खोज्नुभयो तर उनले टेरेनन् । बरु सचिवालयका एक सहयोगी महिलासँग फक्कियो । केही दिन…

चिप्लेकिराको गतिमा रहेकाे मेलम्चीकाे काम अहिले जापानिज कार जसरी २०० काे स्पिडमा दौडिएको छ: प्रम ओली

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजनाको काम अघि बढाउन कुनै समस्या नरहेको दावी गर्नु भएको छ । प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी आयोजनाको काममा अन्यौलता छाएको नठान्न पनि सबैलाई आग्रह गर्नुभयो । उहाँले मेलम्ची खानेपानी आयोजनाको कामले एक वर्षयता तीव्रता लिएको उल्लेख गर्दै समयमै यसले पूर्णता पाउने विश्वास पनि व्यक्त गर्नुभयो । बिहीबार ललितपुरको बालकुमारीमा ‘फोहोर पानी प्रशोधन केन्द्र’को शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले २७ वर्ष चिप्ले कीराको गतिमा अघि बढेको मेलम्ची खानेपानी आयोजनाको काम एक वर्षयता जापानिज कार चिल्लो सडकमा दौडिएको जसरी दौडिएको उल्लेख गर्दै अहिले अलिकति गतिरोध…

रेशम चौधरीले लिए सपथ, सपथ ग्रहणपछि पुन: कारागार

काठमाडौं । कैलाली क्षेत्र नम्बर एकबाट निर्वाचित राजपा सांसद रेशम चौधरीले आज सपथ ग्रहण गरेका गरेका छन्। उनलाई आज प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले पद तथा गोपनियताको सपथ खुवाएका हुन्। उनले थारु भाषामा सपथ ग्रहण गरेका हुन्। सपथ ग्रहण कार्यक्रममा पूर्व सभामुख तथा सत्तारुढ दलका सांसद सुवासचन्द्र नेम्वाङसहित राजपाका सबै नेताहरु सहभागी भएका थिए। सपथ ग्रहण कार्यक्रमपछि चौधरीलाई पुनः डिल्लीबजार कारागारमा लगिएको छ। चौधरीलाई लिनका लागि उनको श्रीमती र छोरा पनि सिंहदरबार आएका थिए। टीकापुरमा भएको हिंसात्मक झडपमा एक बालक र एसएसपीसहित सात सुरक्षाकर्मीको हत्या भएपछि फरार रहेका चौधरीले फागुन…

वाइडबडी भ्रष्टाचार : प्रतिवेदन सार्वजनिक गरेकाेमा प्रधानमन्त्री ओलीले दिए चेतावनी ‘यस सम्बन्धमा गम्भीर छानबिन हुन्छ, दोषी देखिने कोही पनि उम्कन पाउँदैन, कारबाही हुन्छ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वाइडबडी विमान खरिदमा भएको भ्रष्टाचारबारे संसदीय उपसमितिको प्रतिवेदन बाहिरिएको प्रति असन्तुष्टि जनाउँदै चेतावनीको भाषा बोलेका छन् ।विमान खरिद प्रकरणको छानबिनका लागि गठित कां ग्रेसका सांसद राजन केसी नेतृत्वको संसदीय लेखा समिति अन्तरगतको उपसमितिले तयार पारेको प्रतिवेदनप्रति प्रधानमन्त्री ओली असन्तुष्ट भएका हुन् । उपसमितिले मंगलबार राति ११ बजेसम्म बैठक बसेर प्रतिवेदनलाई अन्तिम रुप दिएको थियो । बुधबार बिहा न ११ बजे प्रतिवेदन पूर्ण समितिमा बुझाउने कार्यक्रम रहेको थियो । तर उक्त प्रतिवेदन समितिमा बुझाउनुअगावै मुख्य कुराहरु मिडियामा आइसकेको थियो ।यसरी मिडियामा पहिल्यै चुहावट गरेको भन्दै…

आजबाट मलेसियाका यी ठाउँमा चुरोट खानेलाई १० हजार रिंगिट जरिवाना

मलेसिया । आजबाट मलेसियाका रेष्टुरेण्ट र खाजा होटलमा चुरोट खान नपाईने भएको छ। यस्ता सार्वजनिक ठाउँमा चुरोट खाँदा बालबालिका र गर्भवती महिलासहित धेरै प्रभावित हुने भन्दै मलेसिया सरकारले ति ठाउँमा चुरोट खान प्रतिबन्ध लगाएको हो। यदि प्रतिबन्ध लगाएको ठाउँमा चुरोट खाइएको पाइएमा १० हजार रिंगिट जरिवाना अथवा २ वर्ष जेल बस्नुपर्नेछ। यस्तै रेष्टुरेण्टहरुले चुरोट खाने अनुमति दिएको पाइए उनीहरुलाई समेत २५ सय रिंगिट जरिवाना हुनेछ । साथै रेष्टुरेण्टहरुले धुम्रपान गर्न मनाही गरिएको सन्देश दिने चित्र प्रष्ट रुपमा देखिने ठाउँमा राख्नुपर्ने भएको छ। जरिवाना र जेलको प्रावधान ६ महिनासम्म लागु गरिने…

जागिर गरेर श्रीमती पढाउँछु भनेका कृष्णको यो हालत, सके सहयोग गरौँ नसके सेयर गरौँ (भिडियो)

रुकुम , सानैमा जीम्मेवारीको भारी बोकेका कृष्ण ओलीका सपना धेरै थिए । इलेक्ट्रिक सब इन्जिनियर पढेका रुकुम सिम्लिका कृष्ण ओलीको ठुलो सपना थियो आफ्नी जीवनसंगिनीलाई स्टाफ नर्स पढाउने । रुपा स्टाफ नर्स पढ्न तयारी गर्न सुरु गरिसकेकी थिइन । कसलाई थाहा हुन्छ र भोलि ? त्यस्तै बज्रपात बनेर आयो जेठ २५ कृष्ण र रुपाको जीवनमा । अघिल्लो दिन अर्थात २४ जेठमा म्यारिज एनिभर्सरी मनाएका यी दम्पतिलाई अर्कोदिन निकै दुखद बनेर आयो ।उनि दाङको तुल्सिपुरमा विद्युत अफिसमा साईट सुपरभाईजरको रुपमा काम गर्थे । घटनाको दिन आफ्ना अन्य सहयोगीको साथ कस्टमरहरुलाई बिद्युत…

आज देखी म टेम्पो चढेर हिंड्छुः राष्ट्रपति

राष्ट्रपति म टेम्पो चढेर हिंड्छु भन्नुहुन्छ, के त्यर्सै गर्न दिने त रु ‘हामीले नै हो सेनाको माग बमोजिम उहाँकालागि राम्रै गाडीको व्यवस्था गर्न लागेको । उहाँको यसमा केही दोष छैन ।’ नेकपाको बहुचर्चित स्थायी समिति बैठकमा उठेका प्रश्नउपर पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले दिएको जवाफ हो यो । त्यसअघि पूर्वएमालेको अनुशासन कमिटीमा अध्यक्ष रहेका अमृत बोहरालगायत इमान्दार र स्वच्छ छविका नेताहरुले भिभिआईपीहरुका लागि गर्न लागिएको विलासी व्यवस्थाप्रति आमरुपमा उठेको टिप्पणीहरुलाई शीर्ष नेतासमक्ष प्रस्तुत गर्दै असन्तुष्टि जनाएका थिए । सादा जीवनमा विश्वास गर्नुपर्ने कम्युनिष्टहरु सुविधाभोगी हुन नहुने सुझाव पनि त्यहाँ…

महोत्तरीवाट ठुलो परिमाणमा हातहतियार बरामद

काठमान्डौ पौष १८ – महोत्तरीमा सशस्त्र प्रहरीले १ लाखभन्दा बढी मोल बराबरको फलामबाट बनेको चुलेसी, बन्चरो, हथौडी लगायतका सामग्री नियन्त्रणमा लिएको छ।सशस्त्र प्रहरी बल, जलेश्वरले मंगलबार ना३ख ६१३५ नम्बरको भिठामोड देखि जनकपुरसम्म चल्ने सार्वजनिक बसबाट सो परिमाणको घरेलु हतियार बरामद गरेको हो। जलेश्वरस्थित लचकामा सवारी जाँचको क्रममा उक्त सामग्रीको भन्सार तिरेको प्रमाण देखाउन नसकेपछि सशस्त्र प्रहरीले सामग्री नियन्त्रणमा लिएको शसस्त्र प्रहरी बल, जलेश्वरका इन्चार्ज प्रहरी निरीक्षक अम्मरराज बरामुले बताए। जनकपुर लाँदै गरिएको अवस्थामा १ लाख १५ हजार भन्दा बढीका घरेलु हतियारहरु नियन्त्रणमा लिई जलेश्वर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।…

जाँड–रक्सी खाने पैसाले बीमा गर्नुहोस् :धुर्मुस–सुन्तली

बझाङ – सामाजिक अभियान्त्ता तथा राष्ट्रिय कलाकार धुर्मुस–सुन्तली बझाङ चैनपुरमा आउने भनेपछि सदरमुकाम चैनपुर र कार्यक्रमस्थल खुल्लामञ्चमा मानिसहरुको बाक्लो भिडभाड थियो ।एकाएक खुल्ला मञ्चको स्टेजमा हास्य कलाकार सि ताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले हास्य व्यंग्य गर्दै आफ्नो कला प्रस्तुत गरेपछि दर्शकहरुको तालीको गड्गडाहट सुनियो ।बझाङ प्रवेश हुने जयपृथ्बी राजमार्ग साधुरो तथा खाल्डा–खुल्डी भएको अवस्था झल्काउँदै नेताहरुले सडक फराकिलो र सुधार नगरेको भन्दै व्यंग्य गर्नुभयो । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आयोजना गरेको बीमा जागरण कार्यक्रममा कलाकार सुन्तलीले पुरुषहरुलाई लक्षित गर्दै भनिन्, ‘रक्सी–जाँड खाने पैसाले अब बीमा गर्नुहोस् र…