कोरियन भाषा परीक्षामा आवेदन दिएका २० जनाको दरखास्त रद्द भयो…

काठमाडौँ, जेठ ०९। कोरिया भाषा परीक्षामा सहभागी हुन आवेदन दिएका बिस जनको दरखास्त रद्द भएको छ । शाखाले परीक्षा आवेदन भर्दा तोकिएको मापदण्ड विपरीत विवरण भर्ने २० विद्यार्थीहरूको दरखास्त रद्द गरेको शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिनु भयो । आवेदन दरखास्त रद्द हुनेमा २ महिला रहेका छन् । उक्त २ जना महिलाको उमेर बढी भएकोले दरखास्त रद्द गरिएको हो । कोरियाले इपिएस मार्फत १८ देखी ३९ वर्ष उमेर समूहका युवाहरूलाई मात्र कोरिया लैजाने गरेको छ । अन्य उम्मेदवारले आफ्नो विवरण गलत भरेकाले उनीहरूको दरखास्त रद्द गरिएको हो । सन् २०१९…

भारतमा मतपरिणाम सुनेपछी काँग्रेस नेतालाई मतगणनास्थलमै हृदयघात । हृदयघातका कारण मृत्यु

नयाँ दिल्ली । भारतको मध्य प्रदेश राज्य स्थित सिहोर जिल्लाका काँग्रेस नेता रतन सिंह ठाकुरको ह्दयघातका कारण मृत्यु भएको छ । अहिले भारतमा लोकसभा चुनावको मत परिणाम सार्वजनिक भइरहेको छ । सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले अधिकांश ठाउँमा आफ्नो सिट सुरक्षित गरिहरेको छ । चुनावी मत परिणाम सार्वजनिक भैरहदा विपक्षी दल काँग्रेस अध्यक्ष रतन सिंह ठाकुरको बिहीबार बिहान १० बजेको समयमा  मतगणना स्थलमै उनलाई हृदयघात भएको थियो । त्यस लगत्तै ठाकुरलाई जिल्ला अस्पतालमा लगिएको थियो । त्यहाँ उपचारका क्रममा उनको ज्यान गएको भारतीय समाचार अनलाइन दैनिक भाष्करले जनाएको छ।…

ऐश्वर्याकी ७ वर्षिया छोरी आरध्याले गर्छिन् यती राम्रो डान्स, सामाजिक संजालमा भइन् भाइरल (भिडियो सहित)

काठमाडौँ । बलिउडका चलचित्र क्षेत्रका निकै चर्चित कलाकार तथा वैवाहिक बन्धनमा बाँधिएका एक जोडी हुन् अभिषेक बच्चन र ऐश्वर्या राय बच्चन । उनकी ७ वर्षीया छोरी आरध्या बच्चनले एक कार्यक्रममा सानै उमेरमा पनि आफ्नो राम्रो पस्तुती दिएकी थिइन् । उक्त भिडियो सोसल मिडियामा निकै भाइरल भएको थियो । अझै भन्ने हो भने त आजभोलि बलिउडमा धेरै बच्चाहरू जन्मने बित्तिकै स्टार नै भइहाल्छन् । यस्तै पछिल्लो समयमा बेलाबेलामा मिडियामा चर्चामा आइरहेकी हुन्छिन् बलिउड फेमस स्टारकिड ऐश्वर्या र अभिषेक बच्चनकी  ७ वर्षीय छोरी आरध्या बच्चन । अहिले पनि सामाजिक सञ्जालमा उनको चौतर्फी…

रबि लामिछाने सहित सिधा कुराको टिम अस्ट्रेलियामा, विमानस्थलमा भब्य स्वागत (तस्विर)

सिड्नी, जेठ ९ । चर्चित सञ्चारकर्मी तथा टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनता सँग’का कार्यक्रम प्रस्तोता रवि लामिछाने र उनको टिम अस्ट्रेलिया आइपुगेका छन् । अस्ट्रेलियामा सिधा कुरा जनता सँगको टिमलाई भव्य स्वागत गरिएको छ । अस्ट्रेलियाको लोकप्रिय टेलिभिजन ‘लाहुरी टिभी’को सहकार्यमा लामिछानेले विशेष कार्यक्रम लिएर अस्ट्रेलिया आएका हुन् ।उनको स्वागतको लागी सिड्नी विमानस्थलमा ठुलो सङ्ख्यामा विद्यार्थी, बुद्धिजीवी, समाजसेवी, विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू त्यहाँ पुगेका थिए । सिधा कुराको टिमले भोली मे २४ तारिखका दिन सिड्नीमा विशेष कार्यक्रममा सहभागिता जनाउने छन् । खासगरी अस्ट्रेलियामा रहेका विद्यार्थीको समस्यामाथि उनले कुराकानी गर्नेछन् ।…

सन्दीप लामिछाने (सिपियल) खेल्ने पक्का, पारिश्रमिक अहिले सम्मकै महँगो…

काठमाडौँ, जेठ ९ । सन्दीप लामिछानेले लगातार दोस्रो वर्ष क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्ने भएका छन् । नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने भर्खरै मात्र भारतमा भएको इन्डियन प्रिमियर लिग (आइपिएल) सक्काएर नेपाल फर्किएका थिए । अहिले भने सन्दीप लामिछाने फेरी (सिपिएल) खेल्ने भएका छन् ।सन्दीप अहिले सम्मकै महँगो मूल्यमा विक्री भएका छन् । बुधवार राती लन्डनमा भएको ड्राफ्टमा बार्बादोस ट्रेइडेन्सले आफ्नो टोलीमा ७० हजार डलरमा किनेको हो । बार्दादोसले सन्दीपलाई पाँचौं राउण्डमा किनेसँगै उनले लगातार दोस्रो सिजन पीएसपीएल खेलने पक्का भएको छ । उनले ७० हजार डलर पारिश्रमिक पाउनेछन् ।अघिल्लो…